birat ribon

विश्वभर कोरोनाबाट २ लाख १७ हजारको मृत्यु, ९ लाख निको

Neuro
विश्वभर कोरोनाबाट २ लाख १७ हजारको मृत्यु, ९ लाख निको

काठमाडौं, १७ बैशाख । विश्वभर कोरोना संक्रमणबाट २ लाख १७ हजारको मृत्यू भएको छ । संक्रमितको संख्या भने ३१ लाख नाघेको छ ।

Padelux insider
cura insider

वल्डोमिटरस्ले बुधबार विहान प्रकाशित गरेकोे तथ्यांक अनुसार २ लाख १७ हजार ८ सय १३ जनाको मृत्यू भएको हो ।

हाल सम्म ३१ लाख ३६ हजार ५ सय ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भए पनि निको हुनेको संख्या पनि बढ्दै छ । ९ लाख ५३ हजार ३ सय २१ जना निको भएर घर फकिएका छन् ।

संक्रमितको सबैभन्दा बढी संख्या भने अमेरिकामा छ । त्यहाँ १० लाख ११ हजार ८ सय ७७ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ५९ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

त्यस्तै, स्पेनमा २ लाख ३२ हजार १ सय २८, इटालीमा २ लाख १ हजार ५ सय ५, फ्रान्समा १ लाख ६९ हजार ५३, बेलायतमा १ लाख ६२ हजार ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, इटालीमा २७ हजार ३ सय ५९, स्पेनमा २३ हजार ८ सय २२, फ्रान्समा २३ हजार ६ सय ६०, बेलायतमा २१ हजार ६ सय ७८ को मृत्यु भएको छ ।

jackson ribon