birat ribon

कोरोनासँगै उदयपुरको भुल्केमा ठेउलाको त्रास

Neuro
कोरोनासँगै उदयपुरको भुल्केमा ठेउलाको त्रास

विराटनगर, १७ बैशाख । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट आक्रान्त उदयपुरको त्रियुगा नगरपालिका ३, भुल्केमा ठेउला (चिकन पक्स) को पनि संक्रमण बढेको छ ।

Padelux insider
cura insider

सो क्षेत्रमा हालसम्म ५ जनामा ठेउला देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना परीक्षणका लागि गएको स्वास्थ्य टोलीले परीक्षणका क्रममा ठेउलाको संक्रमण बढेको बताएको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले भुल्के क्षेत्रमा ५ जनामा ठेउला संक्रमण देखिएको जानकारी दिए ।

ठेउला रोग तीव्र रुपमा सर्ने उल्लेख गर्दै उनले भने, ‘धेरैको ध्यान कोरोनातर्फ गइरहेका बेला कतै ठेउला कतै औलो देखिएको छ । कोरोनासँगै अन्य सरुवा रोगतर्फ पनि ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।’

भुल्केमा २८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको थियो ।

jackson ribon