birat ribon

ऋणीलाई दुई प्रतिशत ब्याज छुट दिन बैंकहरुलाई निर्देशन

Neuro
ऋणीलाई दुई प्रतिशत ब्याज छुट दिन बैंकहरुलाई निर्देशन

काठमाडौं, १६ बैशाख । नेपाल राष्ट्र बैंकले कोरोना भाइरस (कोभिड–१९ ) बाट ऋणीमा परेको असर कम गर्न ब्याजदरमा २ प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

Padelux insider
cura insider

नेपाल राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै कोरोनाबाट प्रभावित व्यवसायीलाई गत चैत मसान्तमा कायम ब्याजमा छुट दिन निर्देशन दिएको हो ।

खाद्यान्न प्रशोधन तथा बिक्री वितरण, ग्याँस उत्पादन तथा बिक्री वितरण, इन्टरनेट सेवा प्रदायक, दूरसञ्चार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सूर्ती तथा मदिराजन्य उद्योग, सञ्चालनमा रहेका जलविद्युत् आयोजनाको हकमा यो व्यवस्था लागू नहुने बैंकले जनाएको छ ।

यसैगरी बैंकले वैशाख तथा जेठमा असुल गर्नुपर्ने मासिक÷त्रैमासिक किस्ताको भुक्तानी आगामी असार मसान्तसम्म हुने व्यवस्था मिलाउन पनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

यस्ता किस्ताको हकमा कुनै पनि थप शुल्क तथा हर्जना लिन नपाइने निर्देशनमा उल्लेख छ ।

jackson ribon