birat ribon

अनिच्छित गर्भधान बढ्न सक्ने : यूएनएफपीए

Neuro
अनिच्छित गर्भधान बढ्न सक्ने : यूएनएफपीए

काठमाडौं, १६ बैशाख । राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले कोभिड –१९ को महामारीले गर्दा परिवार नियोजनको साधन अभावमा अनिच्छित गर्भधारणको संख्या बढ्न सक्ने जनाएको छ ।

Padelux insider
cura insider

महामारी विश्वव्यापि फैलिरहेको हुनाले धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा रहने तथा अत्याधिक मात्रामा अनिच्छित गर्भधारणको वृद्धि हुने कोषको भनाइ छ ।

यूएनएफपिएले मंगलबार काठमाडैंमा जारी गरेको नयाँ प्रतिवेदनले महिलाले अनिच्छित गर्भधानको सामना गर्नुपर्ने उल्लेख गरेको छ ।

परिवार नियोजनमा समेत असमर्थ हुने जनाउँदै अगामी महिनामा लैङ्गिक हिंसा र हानिकारक अभ्यासहरुको चपेटामा पर्नसक्ने प्रक्षेपण समेत गरेको छ ।

महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा कार्यरत निकायका रुपमा यूएनएफपीए क्रियाशील रहेका छ ।

कोभिड–१९ को जोखिमका प्रभाव महिला तथा किशोरीहरुमा धेरै मात्रामा पर्ने, उनीहरुको स्वास्थ्य सुविधामा सीमितता ल्याउने, यही सीमितता कारण नियमित जाँच समेत उनीहरुले छाड्न सक्ने र सिङ्गो स्वास्थ्य प्रणालीमा समेत ठूलो भार पर्न सक्ने प्रतिवेदनमा छ ।

प्रतिवेदनमा कोभिड –१९ का कारण विश्वव्यापि आपूर्ती व्यवस्थामा आएको अवरोधले महत्वपूर्ण गर्भ निरोधकका साधनको अभाव हुन सक्ने तर्फ सचेत गराएको छ ।

महिलाहरु घरमै बस्ने हुँदा लैङ्गिक हिंसा बढ्न सक्ने समेत कोषको भनाइ छ ।

सन् २०२०–२०३० को बीचमा १३ मिलियन थप बालबिवाह हुने संभावना प्रतिवेदनले देखाएको छ ।

jackson ribon