birat ribon

शाहीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

Neuro
शाहीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं, १६ बैशाख । लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ परेको ज्ञानेन्द्र (ज्ञानबहादुर ) शाहीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

Padelux insider
cura insider

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्ने आदेश जारी गरेको हो ।

“प्रक्रिया पूरा नगरी भएको कार्यले कानूनी मान्यता प्राप्त गर्न सक्ने नदेखिँदा यी निवेदकहरुको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ”, आदेशमा भनिएको छ, “निवेदकलाई सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा आजै थुनामुक्त गरिदिनु ।”

गैरकानूनी रुपमा शाहीलाई हिरासतमा राखिएको उल्लेख गर्दै अधिकारकर्मी इन्द्र अर्यालले सर्वोच्च अदालतमा १२ वैशाखमा बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।

निवेदनमाथिको सुनुवाइपछि थुनामुक्त गर्न आदेश दिएको हो । शाहीलाई लकडाउन उल्लङ्घनको आरोपमा प्रहरीले ९ वैशाखमा पक्राउ गरेको थियो ।

jackson ribon