birat ribon

फ्रेन्च लिग वान रद्द, पीएसजीको उपाधि जित्नबाट बञ्चित

Neuro
फ्रेन्च लिग वान रद्द, पीएसजीको उपाधि जित्नबाट बञ्चित

एजेन्सी, १६ वैशाख । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण फ्रान्सेली शीर्ष डिभिजनको लिग वान फुटबल रद्द भएको छ ।

Padelux insider
cura insider

कोरोका कारण फ्रान्स सरकारले अगस्टसम्म सबै खेलकुद गतिविधिमा प्रतिबन्ध लगाएसँगै लिग वान र लिग टु फुटबल रद्द भएको ‘द सन’ले जनाएको छ ।

फ्रान्सका प्रधानमन्त्री एडुवार्ड पिलिपेले मंगलबार दिउँसो खेलकुद गतिविधि अगष्टसम्म प्रतिबन्दको घोषणा गरेका हुन् ।

लिग वान रद्द भएसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) उपाधि जित्नबाट बञ्चित भएको छ ।

साविकको विजेता पीएसजी यस सिजन ६८ अंकसहित शीर्ष स्थानमा थियो भने ५६ अंक रहेको मार्सेइली दोस्रो स्थानमा थियो ।

jackson ribon