birat ribon

लकडाउनकै बीच बंगलादेशमा गार्मेन्ट खोलिए

Neuro
लकडाउनकै बीच बंगलादेशमा गार्मेन्ट खोलिए

ढाका, १६ बैशाख । कोरोनाभाइरसका कारण देशव्यापी लकडाउन गरिए पनि बंगलादेशमा तयारी पोशाक (गार्मेन्ट) उद्योगहरु सञ्चालन भएका छन् ।

Padelux insider
cura insider

बंगलादेशमा कोरोनाभाइरसको संक्रमण बढ्दै गए पनि मजदूरहरु काममा फर्किएका कारण थप चिन्ता उत्पन्न भएको छ ।

राजधानी ढाका र चटगाउँका कारखानाहरु खोल्न सरकारले अनुमति दिएको हो । बंगलादेशमा गत मार्चको अन्त्यदेखि गार्मेन्ट कारखानाहरु बन्द भएका थिए तर निर्यातको बाँकी अर्डर पूरा गर्न कारखाना खोल्नुपर्ने माग सर्वत्र गरिएको थियो ।

बंगलादेशमा कोराना भाइरसको संक्रमण बढेसँगै आगामी ५ मेसम्मलाई लकडाउन घोषणा गरिएको छ ।

सोमबारसम्ममा ढाका र अन्यत्रका कम्तीमा एक हजार कारखाना खोल्ने योजना थियो । साथै तटीय बन्दरगाह शहर चटगाउँका कारखाना पनि खोलिने छन् ।

बंगलादेशको निर्यातको करिब ८० प्रतिशत हिस्सा तयारी पोशाकले ओगटेको छ । तर कोरोना भाइरसका कारण तयारी पोशाकको माग घटेको वा रद्द गरिएका कारण बंगलादेशले यस आर्थिक वर्ष करिब ६ अर्ब डलरको नोक्सानी व्यहोर्नु पर्ने अवस्था सिर्जना भएको छ ।

गार्मेन्ट कारखानाका मजदूर मोफज्जल होसेनले कारखानामा तत्काल फर्कन आफू बाध्य भएको बताए ।

सोमबारसम्ममा बंगलादेशमा ५ हजार ९०० जनामा कोरानाको संक्रमण देखिएको छ । १ सय ५२ जनाको मृत्यु भइसकेको छ ।

श्रम अधिकारवादीहरुले मजदूरहरुका कारण कोविड–१९ को महामारी बंगलादेशमा अरु फैलन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

jackson ribon