birat ribon

काेशी अनलाइन समाचार प्रभाव : कोरोना अस्पतालको कम्पाउण्ड वालको प्वाल टालियो

Neuro
काेशी अनलाइन समाचार प्रभाव : कोरोना अस्पतालको कम्पाउण्ड वालको प्वाल टालियो

विराटनगर, १६ बैशाख । कोरोना अस्पताल विराटनगरको कम्पाउण्ड वालमा रहेको प्वाल टालिएको छ ।

सोमबार कोशी अनलाइनले कोरोनो अस्पतालको कम्पाउण्ड वालको प्वालबाट कुकुर प्रवेश गर्ने प्वाल रहेको समाचार प्रकाशित गरेपछि अस्पतालले मंगलबार पर्खालको प्लाव टालेको हो ।

cura insider
काेराेना अस्पतालकाे उत्तर तर्फ रहेकाे प्वाल । फाइल तस्बीर ।

‘हामीले प्वाल टालिसकेका छौं ।’ कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्राले भनिन् ‘ बाहिरकाे कुनै जनवार प्रवेश गर्न सक्दैन ।’

नेशनल ट्रेडिङको भवनमा अस्थायी कोरोना अस्पताल निर्माण गर्दा निर्माण पक्षले कम्पाउण्ड वालको पर्खाल टालेको थिएन । प्वाल बर्खाको पानी कटाउन खनिएकाे थियाे ।

तर साेही प्वालबाट अस्पताल भित्र प्रवेश गरेको कुकुर प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पछाडी रहेको सुकुम्बासी बस्ती आउने गरेका कारण स्थानीय त्रसित बनेका थिए ।

सोमबार कोशी अनलाइनले विराटनगरको कोरोना अस्पतालबाहिर कालो कुकुरको त्रास शीर्षकमा समाचार प्रकाशित गरेपछि अस्पतालले पर्खालकाे प्वाल टालेकाे हो ।

कोरोना अस्पतालको पर्खालमा कुकुर छिर्ने प्वाल – कोशी रिपोर्ट

नेशनल ट्रेडिङको प्रयोग विहिन भवनमा ११ दिन अस्पताल निर्माण भएपनि पुरानो कम्पाउण्ड वाल मर्मतमा ध्यन नदिदा अस्पताल बाहिरका स्थानीयबासी त्रसित बनेका छन् ।

Posted by Koshi Online on Sunday, April 26, 2020

jackson ribon