birat ribon

शेयर बजार खोल्न माग

Neuro
शेयर बजार खोल्न माग

काठमाडौं, १६ बैशाख । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले लकडाउन अन्त्य भएको केही दिनभित्रै शेयर बजार खुला गर्ने तयारी गरिरहेको छ ।

Padelux insider
cura insider

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले मंगलबार आयोजना गरेको श्रव्य दृश्य (भर्चुअल) कुराकानीमा अन्तरबोर्डका अध्यक्ष भीष्म ढुङ्गानाले लकडाउन खुलेको केही समयभित्रै शेयर बजार सञ्चालनमा आउने जानकारी दिए ।

लकडाउन अन्त्य भएको दुईदेखि तीन महिनाभित्र पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली लागू गरिने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि नेप्से र बोर्ड नै लागिपरेको उनको भनाइ छ ।

नेपालमा लागू गरिएको अनलाइन कारोवार प्रणाली पूर्ण नभइ आधामात्र भएकाले यसलाई पूर्ण स्वचालित बनाउने काम सुरु गरिएको छ ।

२५ वैशाखपछि लकडाउन जारी भई खुकुलो भएको अवस्थामा थोरै समयको कारोवार गर्ने पक्षमा लागेको र त्यसको अवधारणका बारेमा छलफल जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि २५ वैशाखपछि शेयर बजार खोल्ने पक्षमा स्टक रहेको बताए ।

लकडाउनको अवधिमा पनि बजार कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरिरहेको जानकारी दिँदै उनले बजार खोल्नुपर्ने पक्षमा आफूहरु क्रियाशील रहेको बताए ।

स्टक ब्रोकर एसोसिएशनका अध्यक्ष भरत रानाभाटले बजार बन्द हुँदा सबैभन्दा मारमा ब्रोकर व्यवसायी परेको भन्दै जतिसक्दो चाँडो बजार खुलाउनुपर्नेमा जोड दिए ।

jackson ribon