कक्षा ८ को नतिजा अनलाइनबाटै, लब्धांक पत्रसमेत हेर्न सकिने

स्याङ्जा, १६ वैशाख । स्याङ्जाको फेदिखोला गाउँपालिकाले अनलाइनबाट नतिजा प्रकाशन गरेको छ ।

पालिकास्तरीय कक्षा ८ को नजिता गाउँपालिकाले अनलाइन प्रणालीद्वारा प्रकाशन गरेको पालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

‘हामीले परिक्षाफल लनलाइनमा राखेका छौँ । पालिकाद्वारा सञ्चालित गाँउपालिकास्तरीय कक्षा ८ को नजिता विद्यार्थी तथा अभिभावकले अनलाइनमा हेर्न सक्नुहुनेछ, ’ अध्यक्ष सुवेदीले भने ।

विद्यार्थीले आफ्नो ७ अंकको सिम्बोल नम्बर र जन्ममिति पालिकाको वेबसाईटमा टाईप गरेपछि लब्धांकपत्र समेत हेर्न र पिन्ट आउट गर्न सक्नेछन् ।

यही १४ वैशाख परीक्षा समितिको भर्चुअल बैठकले नजिता अनलाइनमा प्रकाशन गर्ने निर्णय गरेअनुसार नजिता प्रकाशन गरिएको अध्यक्ष सुवेदीले बताए ।

अन्य विद्यालयहरूको नजितासमेत यही १९ वैशाखभित्रै प्रकाशन गरिने तयारी गरिएको उनले बताए ।

http://120.89.109.221:802/ble_result/ र phedikholamun.gov.np/ble_result/ मा गएर विद्यार्थीले नजिता थाहा पाउन सक्नेछन् ।

Loading...