birat ribon

विराटनगर भन्सार नाकामा फितलाे सतर्कता, मालबाहक सवारीसँगै कोरोना भित्रिने त्रास

Neuro
विराटनगर भन्सार नाकामा फितलाे सतर्कता, मालबाहक सवारीसँगै कोरोना भित्रिने त्रास

विराटनगर, १६ वैशाख । नेपाल प्रवेशद्वारमा सानो घुम्ती बनाइएको छ । पारीपट्टि गाडी लाइन लागेर बसेका छन् । घुम्तीमा खटिएका कर्मचारी भाँडोबाट तरकारीमा औषधि छर्कन प्रयोग गरिने २० लिटरको ट्याङकीमा औषधि भर्छन् ।

छेउमा रोकिएको गाडीको चक्कामा बाहिरबाट औषधि छर्कंदै गाडीलाई एक राउण्ड लगाउँछन् ।
औषधि छर्कने समयमा गाडीका चालक गेटमै रहेको धारामा साबुनपानीले हात धुन्छन् ।

cura insider

त्यसपछि घुम्तीमा बसेका कर्मचारीले थर्मल गनको सहायताले ज्वरो नाप्छन् र इन्ट्री गर्न पठाउँछन् ।
फेरि अर्काे गाडी आउँछ । फेरि उसैगरि कर्मचारीहरु औषधि भरेर एक हातले पम्प लगाउँदै स्प्रे गर्छन् ।

यो दृष्य विराटनगर महानगरपालिका भेडियारीस्थित एकिकृत भन्सार जाँच चौकीको हो ।
जहाँ भारतबाट लकडाउनको समयमा पनि दैनिक एकसय हाराहारी मालवाहक सवारीहरु नेपाल प्रवेश गरिरहका छन् ।

तर ती सबै सवारीलाई कर्मचारीहरुले एकै ढंगले स्वास्थ्य जाँच गरिरहेका छन् । चालक र सहचालकमा जाँच गर्दा ज्वरो देखापरेमा स्वास्थ्यकर्मीहरुले उतै फर्काइदिने गरेका छन् ।

कोरोनाको लक्षण ज्वरो मात्र होइन् । तर नाकामा कोरोना भित्रिन नदिन विराटनगर महानगरपालिकाले मानिसमा ज्वरो नाप्ने र सवारी साधनमा सामान्य औषधि छर्कने काम गरिरहेको छ ।

भारतमा तीव्र रुपमा फैलिएकाे कोरोना महामारी भन्सारको फितलो सतर्कताले मात्र छेक्न नसक्ने भन्दै भन्सार एजेन्टहरुले भरपर्दो स्वास्थ्य जाँचको व्यवस्था गर्न माग गरिरहेका छन् ।

विराटनगर भन्सार एजेन्ट संघका उपाध्यक्ष नवल उपाध्याय भारतबाट आएका सबै मालबाहक सवारीलाई सिँगै सेनिटाइज गर्ने व्यवस्था गर्नुपर्ने बताउँछन् । उनका अनुसार भन्सारमा संक्रमण हुने त्रासले एजेन्ट र प्रतिनिधिहरु आयात भएको बस्तु जाँचपास गराउन हत्तपत्त जाने गर्दैनन् ।

भन्सार नाकामा कोरोना जाँचको सतर्कता फितलो रहेको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली स्वीकार्छन् ।

उनी भन्सारमा महानगरले सिँगै गाडी सेनिटाइज गर्न मिल्ने गरि टनेल बनाउने तयारी गरिरहेको बताउँछन् ।‘हाम्रो सुरक्षा सतर्कता पर्याप्त छैन्’ उनी भन्छन् ‘टनेल बनाउन तयारी गरिरहेका छौं ’ अन्य निकायसँग समन्वय गरेर टनेल सञ्चालनकाे तयारी भइरहेकेा उनले बताए ।

कोरोना महामारी नियन्त्रणका लागि १० चैत यता लकडाउन गरेको सरकारले अत्यावश्यक मालवाहक सामान आयतका लागि भन्सार नाका खुला गरिएको छ ।

चेकजाँचको व्यवस्था भरपर्दो नहुँदा कोरोना संक्रमणको जोखिम बढ्ने पब्लिक फोरम अध्यक्ष उत्तम ढुंगेल बताउँछन् ।

विराटनगर भन्सार कार्यालयका अनुसार भन्सार नाकाबाट सरदर एकसय माल वाहक सवारी र चालक र सहचालक गरी दैनिक दुई सय मानिस नेपाल प्रवेश गरिरहको छन ।

नेपाल प्रवेश गर्ने र मालबाहक सवारीमा कोरोना संक्रमण भएको भए त्यसले नेपालमा महामारीको रुप पनि लिन सक्छ ।

भारतमा तीब्र रुपमा कोरोना संक्रमण भैरहेको अवस्थालाई ख्याल गर्दै संघ र प्रदेश सरकारले कोरोना जाँचको भरपर्दो प्रबन्ध गर्नुपर्ने विराटनगर महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल बताउँछन ।

‘भारतबाट आउने सवारी चालकलाई उतै रोकौं, गाडी सेनिटाइज गरेर गन्तब्यसम्म पुर्याउन यहीँबाट चालक पठाऔं ।’ उनी भन्छन् ‘उतैबाट चालक आएभने उनीहरुको सम्पर्कमा पुग्नेलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यावस्था गरौ ।’

विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की सिमित स्रोत साधनको प्रयोग गरी नाकामा सतर्कता अपनाइएको बताउँछन ।

भन्सारमा फितलाे सतर्कता, मालबाहक सवारीसँगै कोरोना भित्रिने त्रास – कोशी समाचार

विराटनगर भन्सार कार्यालयका अनुसार भन्सार नाकाबाट सरदर एकसय माल वाहक सवारी र चालक र सहचालक गरी दैनिक दुई सय मानिस नेपाल प्रवेश गरिरहको छन । नेपाल प्रवेश गर्ने र मालबाहक सवारीमा कोरोना संक्रमण भएको भए त्यसले नेपालमा महामारीको रुप पनि लिन सक्छ । समाचार पढ्न >>>>> https://www.koshionline.com/2020/04/28/195438.html

Posted by Koshi Online on Tuesday, April 28, 2020

jackson ribon