birat ribon

पुर्व मन्त्री , आइजीपी र सांसद बिरुद्ध सरकारी वकिलको कार्यालयमा जाहेरी दर्ताका लागि निबेदन

Neuro
पुर्व मन्त्री ,  आइजीपी   र  सांसद बिरुद्ध सरकारी वकिलको कार्यालयमा जाहेरी दर्ताका लागि निबेदन

काठमाण्डौ, १६ बैसाख । आफुलाई सुनियोजित रुपले अपहरण गरेको आरोप लगाउदै नव गठित जनता समाजबादी पार्टीका सांसद डा सुरेश यादबले काठमाण्डौ प सरकारी वकिल कार्यालय काठमाण्डौमा किटानी जाहेरी दर्ता गराउन आदेश माग्दै निबेदन दिएका छन ।

Padelux insider
cura insider

अपहरण गरेर आफुलाई बन्धक बनाएको भन्दै नेकपा सांसदहरु महेश बस्नेत, किसान कुमार श्रेष्ठ पुर्व प्रहरी महानिरिक्षक शर्वेन्द्र खनाल र अर्का एक जना नविन बस्नेत बिरुद्ध यादबले मंगलबार सरकारी वकिलको कार्यालय काठमाण्डौमा किटानी जाहेरी दर्ता गराउन आदेश माग्दै निबेदन दिएका हुन । सांसद महेश बस्नेत पुर्व उद्योग मन्त्री पनि हुन ।

कानुन व्यावसायीका अनुसार फौजदारी अपराध संहिता कार्यबिधि अनुसार अब बादी पक्षले किटानी जाहेरी दर्ता गराउन आदेश माग्दै दिएको निबेदन अनुसार प्रहरीलाई जाहेरी दर्ता गराउन नगराउनेबारे सरकरी वकिलको कार्यालयले आदेश दिन सक्नेछ ।

सरकारी वकिलको कार्यालयले निबेदन अनुसार जाहेरी दर्ता गराउन आदेश नदिएमा बादी पक्ष परमादेश माग गर्दै अदालतमा जान पाउँछ । तर पछि अदालतले परमादेश गरेमा सोही मुद्दामा बादी पक्षबाट बहस गर्नुपर्ने भएकोले प्राय सरकारी वकिल कार्यालयले प्रहरीलाई जाहेरी दर्ता गराउन आदेश दिने गरेका छन ।

आइतबार जनता समाजबादी पार्टीका शिर्ष नेताहरु डा बाबुराम भट्टाराई , उपेन्द्र यादब , राजेन्द्र महतो , हिसिला यमी , अशोक राई लगायत सांसद यादबसँगै अपरण आरोपको किटानी जाहेरी बोकेर काठमाण्डौ प्रहरी परिसर पुगेका थिए । तर प्रहरीले महोत्तरीमा जानु भन्दै जाहेरी दर्ता गर्न इन्कार गरेको थियो ।

सांसद यादवले आफुलाई नेपाल प्रहरीका पुर्व आइजिपी सवेन्द्र खनाल , सांसदहरु महेश बस्नेत , किसान श्रेष्ठ लगायतले महोत्तरीबाट सुनियोति रुपले अपहरण गरेर काठमाण्डौ ल्याएको र होटलमा राखेर बन्धक बनाएको किटानी जाहेरीमा आरोप लगाएका छन । आफुलाई अपहरण गर्नेहरु बिरुद्ध मानव अपहरण तथा शरीर बन्धको मुद्दा दर्ता हुनुपर्ने माग छ ।

१० बैसाख राती महोत्तरी घर भएका समाजबादी पार्टीका सांसद तथा पुर्व राज्य मन्त्री यादबलाई नेकपाका सांसदहरु महेश बस्नेत , किसान श्रेष्ठ र पुर्व आइजिपी सर्वेन्द्र खनालको समुहले राती काठमाण्डौ ल्याएर म्यारिट होटलमा राखेको थियो । तर सांसद यादब बिहान एकाएक आफनो पार्टीको सम्पर्कमा पुगेका थिए ।

सांसद यादबलाई अपहरण गरको आरोप लगाउदै समाजबादी पार्टी र राष्ट्रिय जनता पार्टीले बुधबार नै मध्यराती एकिकरण गरेर बिहिबार ११ बैसाख विहान जनता समाजबादी पार्टी दर्ता गराउन निर्वाचन आयोगमा निबेदन दिएका थिए ।

उनीहरुले सरकारले ८ बैसाखमा दल बिभाजन गर्ने अध्यादेश ल्याएर समाजबादी पार्टीलाई फुटाउन असन्तुष्ट सांसदहरुलाई प्रलोभन र दबाब दिइएको आरोप लगाउदै आएका छन ।

उता महोत्तरीबाट काठमाण्डौ ल्याइएका सांसद यादव पार्टीको सम्पर्कमा पुगेपछि सरकारले उक्त्त अध्यादेश फिर्ता लिएको थियो ।

यता आरोपीहरु पुर्वआईजिपी सर्बेन्द्र खनाल र सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठले सांसद यादव सल्लाह अनुसार नै आफुहरुसँग काठडमाण्डौ आएको तर अवस्था प्रतिकुल बनेपछि अपहरणको झुटो आरोप लगाएको बताउँदै आएका छन ।

jackson ribon