birat ribon

नेपाली ईन्जिनियरले दिए स्वाव कलेक्सन बुथ

Neuro
नेपाली  ईन्जिनियरले दिए स्वाव कलेक्सन बुथ

काठमाण्डौ, १६ बैसाख । नेपाल ईन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले बागमती प्रदेश सरकारलाई स्वाव कलेक्सन बुथ हस्तान्तरण गरेको छ ।

Padelux insider
cura insider

एशोसिएसन आफैले निर्माण गरेको स्वाव कलेक्सन बुध मंगलबार विभिन्न ६ वटा सरकारी अस्पतालहरुलाई हस्तान्तरण गरेको हो ।

एशोसिएसनका सभापति नन्दलाल बञ्जाडेका अनुसार मंगलबार दोलखाको चरिकोट, सिन्धुपाल्चोकको मेलम्चि र बाह्रविसे, काभ्रेको पाँचखाल, नुवाकोट खरानीटार र धादिङको धादिङवेसी अस्पताललाई स्वाव कलेक्सन बुथहरु पठाएको छ ।

यसअघि एशोसिएसनले रामेछापको मन्थली, सिन्धुपाल्चोकको चौतारा, काभ्रको मण्डनदेउपुर र नुवाकेटको विदुरमा ४ वटा स्वाव कलेक्सन बुथ पठाइएको थियो ।

कोरोना नियन्त्रणका लागि कोरिया तथा भारतबाट स्वाव कलेक्सन बुथ प्रयोग गर्नुपर्ने बाध्यता भैरहेको बेला नेपाली इन्जिनियरहरु आफैले कलेक्सन बुथ निर्माण गरेर सहयोग पुरयाइरहेको एशोसिएसनका सदस्य सुरज गौतमले बताए ।

एउटा बुथ निर्माणमा ९० हजार देखि १ लाखसम्म खर्च हुने गरेको छ । एशोसिएसनका सदस्य तथा अन्य इन्जिनियरहरुबाटै अहिले आर्थिक सहयोग भैरहेको छ ।

jackson ribon