केपीलाई हेप्नी !

आजकल प्रधानमन्त्री केपी ओलीले राजिनामा दिनुपर्छ र पर्दैन भन्नेबारे नेकपाभित्रै चर्को बहस सुरु भएको ।एकथरिले अध्यक्ष र प्रम दुबै पदबाट ओलीले दिनु पर्छ भनिरहेका छन । वचाउ गर्नेहरुले चाँही प्रमलाई राजिनामा गराउनु भएको पार्टी फुटाउने प्रस्ताव गर्नु हो भन्दैछन । साथै अर्कोथरिले चाँही पावर शेयरिंग गरौ , मुख्य मन्त्रीमा भागबण्डौ गरौ , मन्त्री परिषद हेरफेर गरौ भनेर प्रस्ताव गर्दैछन । कोरोनाको महाविपत्तीको समयमा छलफल जारी छ । यसबारे विराटनगरका पत्रकार नवराज कट्टेल समाजिक सञ्जालमा यसरी तर्क राख्छन ।

समस्या प्रधानमन्त्रीमा थिएन, उहाँको स्वास्थ्यमा थियो । जतिजति प्रमको स्वास्थ्य अवस्था बिग्रने संकेत देखियो, उतिउति नजिक भएकाहरुले कमाउने मेलो कसे । प्रमलाई कुनै कारण केहि भए कमाउ नपाइएलाकी जस्तो गरे । जतिजति कमाउँदै गए उतिउति हेप्नी भन्दै अरुलाई हकार्दै गए । त्यसले मिडिया पनि नेगेटिभ भयो त्यसको असर प्रधानमन्त्रीलाई प¥यो । अहिले पनि त्यस्तै छ । हेप्नी र हामफाल्नीहरुले सचिवालय र स्थायी कमिटिका सदस्य विरुद्ध बोल्ने गर्दछन् । त्यसो भएपछि झन् माहौल बिग्रदैं गएको छ । त्यसैले कुम जोडेर भ्रष्टचार गर्ने (उरन्ठेउला) हरुको सुझावमा हैन, समकालिन र परिपक्क नेताको सुझावमा ध्यान दिदाँ संकट आउँदैन । अहिले पनि सबैले सुधार गरौं, एकतासहित प्रधानमन्त्री ओली नेतृत्वको सरकार परिमार्जनसहित अगाडी बढाउँदा नै राम्रो हुन्छ ।

Loading...