मोरङ प्रहरीले तयार पर्यो शव व्यवस्थापन टोली

विराटनगर, १६ बैशाख । महामारीको रूपमा फैलिएको कारोना भाइरस (कोभिड–१९) बाट कसैको मृत्यु भइहालेमा मृतक शवलाई व्यवस्थापन गर्न मोरङ प्रहरीले विशेष टोली तयार पारेको छ ।

मोरङ प्रहरीका प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वमा प्रराम्भिक चरणमा १० जनाको प्रहरी जनशक्ति तयार भएको हो । तयार भएको जनशक्तिलाई सोमबार जिल्ला प्रहरी कार्यालय मोरङको सभाहलमा अनुशिक्षण तालिम प्रदान गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

अहिले प्रहरी निरीक्षकको नेतृत्वमा १० जनाको शव व्यवस्थापन टोली तयार भएको जानकारी दिँदै उहाँले उक्त टोली आवश्यकता अनुसार विस्तार गरेर अगाडि बढ्ने बताए । हाम्रोमत दैनिकको अनलाइनमा खबर छ ।

कोरोना प्रभावित उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा सोमबार थप ९१ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ । दुई बालबालिका र १५ महिलासहित ९१ जनाको स्वाब संकलन गरि परिक्षणका लागि सोमबारै प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीले बताए ।

कोरोना संक्रमणमा प्रदेश १ को इपिसेन्टर बनेको भुल्केमा हालसम्म कुल ६ सय २१ जनाको स्वाब टेष्ट गरिएको छ । उद्घोष दैनिकको अनलाइनमा खबर छ ।

Loading...