birat ribon

लकडाउनमा विवाह : जन्ती दुई जना मात्र

Neuro
लकडाउनमा विवाह : जन्ती दुई जना मात्र

विराटनगर, १५ बैशाख । कोरोना महामारीको सम्भावित जोखिम नियन्त्रणका लागि सरकारले लकडाउन आह्वान गरेको छ ।

लक डाउनका कारण सर्बसाधारणलाई भेला हुन र बाटोमा हिड्न अनुमति छैन ।

cura insider

सरकारले भेला हुन प्रतिबन्ध लगाएका कारण विराटनगरमा भएको एउटा विवाहमा जन्ती दुईजना मात्र आएका छन् ।

सुनसरी घरभई विराटनगर संकरपुर बस्दै आएका राहुल यादवको विवाहमा दुईजना मात्र जन्ती आएका हुन । सोमबार उनले विराटनगर कै मनिसा साहसँग विवाह गरेका हुन ।

विराटनगरको पानीटंकीमा रहेको राधाकृष्ण मन्दिरमा भएको विवाहमा बेहुली पक्षबाट पनि दुई जना मात्र सहभागि थिए ।

दुबैपक्षबाट २–२ जना आएपछि मन्दिरका पुजारीले विवाह गराइदिएका थिए । उनीहरू केही वर्षयता प्रेममा थिए ।

jackson ribon