birat ribon

विराटनगरमा अलपत्र परेका विद्यार्थीलाई घर पठाइयो

Neuro
विराटनगरमा अलपत्र परेका विद्यार्थीलाई घर पठाइयो

विराटनगर, १५ बैशाख । लामो समयदेखि लकडाउनको कारण विराटनगरमा अलपत्र परेका सर्वसाधारण र विद्यार्थीलाई प्याब्सन विराटनगर, हिसान मोरङ र एन प्याब्सन मोरङको यातायात सहयोगमा विराटनगर महानगरपालिकाले घर पठाएको छ ।

विराटनगरवाट मोमबार सामाजिक दुरी कायम गरी १४ वटा स्कूल बसमा ३ सय ८५ जना सर्वसाधारण र विद्यार्थीलाई उद्दार गरी घर पठाइएको हो ।

cura insider

उनीहरुलाई निजी विद्यालयका बसमा ईलाम, झापा, सुनसरी, सप्तरी, सिराहा, सर्लाही र धनुषा पठाइएको प्याब्सन विराटनगरका सचिव अर्जुन श्रेष्ठले जानकारी दिए । उनीहरु सबैलाई निःशुल्क घरसम्म पुर्याइएको हो ।

लकडाउनका कारण विराटनगरमा अलपत्र परेका विद्यार्थी तथा सर्वसाधारणहरुलाई सहज र सरल रुपमा घर पुर्याउने काम जारी राखिने विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बतााए ।
सवारी साधनलाई इन्धन र सवारी चालक, सहचालकलगायतलाई सेवासुविधा महानगरले दिएको हो ।

बसलाई सेनीटाइज गर्ने, यात्रुलाई मास्क दिने तथा यात्रुको ज्वोरो जाचँ गरेर मात्रै पठाइएको विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले बताए ।

jackson ribon