birat ribon

कोभिड–१९ संक्रमित भेटिएपछि झापाको बाह्रदशी गाउँपालिका सिल

Neuro
कोभिड–१९ संक्रमित भेटिएपछि झापाको बाह्रदशी गाउँपालिका सिल

भद्रपुर, १५ वैशाख । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि झापाको बाह्रदशी गाउँपालिकाले चारकिल्ला सिल गरेको छ ।

सोमबार बसेको सर्वदलीय बैठकले प्रभावित क्षेत्रको चार किल्ला सिल गर्ने निर्णय गरेको हो ।

cura insider

आफ्नो क्षेत्रमा संक्रमण देखिएपछि गाउँपालिकाले पूर्वमा साविक चकचकी–७ अन्तर्गत कञ्चनगढ राजगढ बाटो, पश्चिममा साविक चकचकी–५ को विरीङ खोला, उत्तरमा साविक चकचकी–५ को धमला गाउँ र दक्षिणमा साविक चकचकी–१ विरीङ खोलासम्मको क्षेत्रलाई सिल गरेको छ ।

आइतबार बाह्रदशी गाउँपालिकाको राजगढका एक जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

बाह्रदशी गाउँपालिका–४ साबिक चकचकीका ५० वर्षीय उनी दिल्लीको निजामुद्दीनस्थित मर्कजमा आयोजित मुस्लिम धार्मिक सम्मेलनमा झापाबाट सहभागी भएर फर्किएका जमाती हुन् ।

jackson ribon