विराटनगर, १५ वैशाख । केही समय अगाडि अभिनेत्री रीमा विश्वकर्माले लकडाउनमा बल्ल कालो चिया उमाल्न जानेको भनेपछि उनी ट्रोलको शिकार भएकी थिइन् ।

आफ्नै युट्युव च्यानलमार्फत दर्शकको प्रश्नको जवाफ दिँदै अन्तर्क्रिया गर्न आएकी रीमाले कामको व्यस्तताका कारण भान्साको काम गर्न नभ्याउने हुँदा उनले अब भने शाकाहारी तरकारी बनाउन सिकेको बताएकी छिन् ।
साथै आफूले जेरीसमेत बनाउन थालेको बताएकी छिन् ।
उनले जिस्किँदै लकडाउन सकिँदासम्ममा चौरासी व्यञ्जन बनाउन सिकिसक्ने बताइन् ।
रीमाले आफू कमाएर ल्याउने जिम्मेवारीमा भएका कारण र सानै उमेरदेखि भान्सामा छिर्नु नपरेकोले भान्साको विषयमा खासै ज्ञान नभएको बताउँदै आएकी थिइन् ।
उनले भिडियोमा आफ्ना प्रिय साथीको विषयमा समेत बोलेकी छन् ।
उनको साथ कहिल्यै नछोड्ने अभिनेत्री केकी अधिकारी आफ्नो ‘लेडी लभ’ भएको बताइन् ।
उनी आफूलाई फिट राख्नका लागि नाचेर ब्यायाम गर्ने बताउँदै घर पुछेरसमेत शरीर फिट रहन सक्ने बताएकी छिन् ।