birat ribon

साईबर क्राइम मुद्दामा पुर्व सचिव उपाध्यायलाई २५ हजार धरौटी

Neuro
साईबर क्राइम मुद्दामा पुर्व सचिव उपाध्यायलाई २५ हजार धरौटी

काठमाण्डौ , १५ बैसाख । समाजिक सदभाव बिगार्नेगरि प्रधानमन्त्री समेतलाई गालीगलौज गर्दै समाजिक सञ्जालमा स्टाटस लेखेको आरोपमा पक्राउ परेका पुर्व सचिव भीम उपाध्याय धरौटीमा थुनामुक्त्त भएका छन ।

Padelux insider
cura insider

प्रहरीले दर्ता गराएको साइबर क्राइम आरोपको मुद्दामा सोमबार सुनवाई गर्दै काठमाण्डौ जिल्ला अदालतले उपाध्यायलाई २५ हजार धरौटीमा थुनामुक्त्त गरेको हो ।

काठमाडौं जिल्ला अदलतका स्रेस्तेदार आननद श्रेष्ठका अनुसार न्यायाधीश भरतमणी खनालको इजलाशले सोमवार भएको थुनछेक बहसपछि उपाध्यायलाई २ धरौटीमा छाड्न आदेश गरेको हो ।

पुर्व सचिव उपाध्याय १० बैसाखमा पक्राउ परेका थिए । उनलाई अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

समाजिक सञ्जालमा जाथाभावी लेखेर गालीगलौज गर्दा प्रहरीले बिद्युत्तिय कारोवार ऐन अनुसार पक्राउ गरेर अदालतमा मुद्दा दर्ता गराउन सक्छ । यो मुद्दामा दोषी ठहरिएमा ५ बर्षसम्म कैद सजाय हुने व्यावस्था छ ।

jackson ribon