जुम्ल्याहाहरु जोड्दै ट्वीन्स क्लब नेपाल

विराटनगर १४ बैसाख । नेपाली जुम्ल्याहाहरु जोडन ट्वीन्स क्लब नेपाल सक्रिय भएर लागिरहेको छ ।

संसारभरिका नेपाली जुम्ल्याहा एक हाैं भन्ने नाराका साथ ट्वीन्स क्लब नेपाल समूह बिस्तार गर्न सक्रिय भएर लागिरहेको हो ।

ट्वीन्स नेपालका एड्मिन कमलबिमल श्रेष्ठका अनुसार जुम्ल्याहाहरुलाई एक गराएर समाजका रहेका बिकृति हटाउँदै जाने अभियान छ ।

जुम्ल्याहाहरुलाई एक बनाउने अभियान २०७३ सालमा झापाली जुम्ल्याहा दाजुभाई अशोक र अरुण ढुंगानाले फेसबुक समूह निर्माण गरेर थालेका थिए । उनीहरुले ७ भदौ २०७३ मा जुम्ल्याहाहरुको पहिलो भेला पनि आयोजना गरिसकेका छन ।

हाल जुम्ल्याहाहरु एक हाैं अभियानमा ४ सय जुम्ल्याहाहरु सहभागी भइसकेको अभियानका संस्थापक अशोक र अरुणले बताएका छन ।

नेपालबाट एकहजार जुम्ल्याहाहरु जोडेर बिधिवत सम्मेलन गरि २०७८ भित्र कानुनी रुपमै संस्था दर्ता गर्ने योजना ट्वीन्स क्लबले बनाएकाे छ ।


हाल प्रदेश १ को ईलाम ,झापा , मोरङ र सुनसरी बुटवल र काठमाडौमा जुम्ल्याहाहरुको भेला भइसकेको छ ।

फोटो सौजन्य , ट्वीन्स क्लब नेपाल ।

Loading...