birat ribon

कोरोना अस्पतालमा ३१ संक्रमित, २८ को अवस्था सामान्य

Neuro
कोरोना अस्पतालमा ३१  संक्रमित, २८ को अवस्था सामान्य

विराटनगर, १५ बैशाख । विराटनगरको कोरोना अस्पतालमा भर्ना हुने विरामीको संख्या ३१ पुगेको छ । आइतबार राति झापाका व्यक्ती पनि थपिएपछि भर्ना हुने काेराेना संक्रमितकाे संख्या ३१ पुगेको हो ।

कोरोना अस्पतालका चिकित्सक सिनियर फिजिसियन डाक्टर दीपक सिग्देलका अनुसार अस्पतालमा भर्ना भएका मध्ये २८ जनाको अवस्था सामान्य छ ।

cura insider

६५ वर्ष र साे भन्दा माथिका तीनजनामा भने सुगर प्रेसरको पनि समस्या पनि छ । सुगर देखिएका कारण अन्य संक्रमितकाे तुलनामा तीनजनामा जोखिम अलिक बढिर रहेको उनले बताए ।

अन्य स्वास्थ्य समस्या भएका विरामीलाइ काेराेना भाइरसले बढि असर गर्छ । स्वास्थ्य समस्या भएका तीनजनालाई छुट्टै राखेर अलिक ध्यान दिइरहेको उनले बताए ।

कोरोना अस्पतालमा १२ भारतीय र १९ नेपाली छन । ती मध्ये १३ जनालाई ठूलो कोठामा राखिएको छ । अन्यलाई भने चारजनाकाे दरले छुट्टा छुट्टै कोठामा राखिएको छ ।

यसरी राखिएकाहरु मध्ये ४ जना विराटनगरका हुन । एकजना भोजपुर, २ जना झापा र उदयपुरका १२ जना हुन ।

jackson ribon