Rumpum Advertisement
Dazzu

विराटनगरको कोरोना अस्पतालबाहिर कालो कुकुरको त्रास, चिकित्सक भन्छन् –डराउनुपर्दैन्

विराटनगरको कोरोना अस्पतालबाहिर कालो कुकुरको त्रास, चिकित्सक भन्छन् –डराउनुपर्दैन्

विराटनगर, १५ बैशाख । कोरोना संक्रमितको उपचारका लागि १ नम्बर प्रदेश सरकारले छुट्टै अस्पताल निर्माण गरेको छ ।

विराटनगर महानगरपालिका १० मा निर्माण गरिएको अस्पतालमा ३१ जना संक्रमित उपचार गराइरहेका छन ।

नेशनल ट्रेडिङको प्रयोग विहिन भवनमा ११ दिनमा अस्पताल निर्माण भएपनि पुरानो कम्पाउन्ड वाल मर्मतमा ध्यन नदिदा अस्पताल बाहिरका स्थानीयबासी त्रसित बनेका छन ।

अस्पतालबाट भित्र प्रवेश गरेको कुकुर प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पछाडी रहेको सुकुम्बासी बस्ती आउने गरेका कारण स्थानीय त्रसित बनेका हुन ।

पछिल्लो समय अस्पतालबाट कालो कुकुर बाहिर आएको स्थानीय दिलु श्रेष्ठले बताइन ।

अस्पतालबाट बाहिरिएको कालो कुकुर खोज्दै प्रहरी पनि आएको उनको भनाई छ । पर्खाल भत्किएका कारण कुकुर सहज रुपमा जाने र बाहिर आउने गरेको उनले बताइन ।

कोरोना अस्पतालको पूर्व उत्तर तर्फ पर्खालमा रहेको ठूलो प्वालबाट कुकुर आउजाउ गर्ने स्थानीय बताउँछन ।

बर्खामा परेको पानी कटाउन पर्खाल भत्काइएकाे थियो । तर अस्पताल निर्माण गर्दा भत्किएकाे पर्खाल नटालेका कारण स्थनीयबासी त्रासमा बसेको स्थानीय युवक फुलहसन मन्सुरीले बताए । उनी तत्काल प्वाल टाल्नु पर्ने बताउँछन ।

कोरोना अस्पतालबाट सृजित फोहोर व्यवस्थापनका बारेमा जनताको चासो रहेको पब्लिक फोरम अध्यक्ष उत्तम ढुंगेल बताउँछन् । भुसिया कुकुर र कागले गर्दा अस्पताल छेउछाउका बस्तीमा चिन्ता थपिएको उनको गुनासो छ ।

‘यहाँको फोहोर व्यवस्थापनका बारेमा हाम्रो चासो हो ।’ उनले भने ‘ फोहोरको उचित व्यवस्थापन भएको छैन भने समस्या हुनसक्छ ।’

यता कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्रा कुकुर प्रवेश गरेको विषय आफूलाई जानकारी आए पनि कुकुरबाट जोखिम नहुने बताउँछिन ।

संसारमा कतै पनि कुकुरबाट मानिसमा सरेको घटना नरहेको बताउँदै उनले फोहोर व्यवस्थापनमा सावधानी अपनाइएको बताइन ।

संक्रमितले प्रयोग गरेका र स्वास्थ्यकर्मीले प्रयोग गरेका सामाग्री नष्ट गरिदै आएको उनले बताइन ।

कुकुर प्रवेश गर्ने प्वाल टाल्न र बजारमा रहेका भुसिया कुकुरलाई व्यावस्थापन गर्न स्थानीय र प्रदेश सरकारलाई जानकारी गराइएकाे उनकाे भनाइ छ ।

कोरोना अस्पतालको पर्खालमा कुकुर छिर्ने प्वाल – कोशी रिपोर्ट

नेशनल ट्रेडिङको प्रयोग विहिन भवनमा ११ दिन अस्पताल निर्माण भएपनि पुरानो कम्पाउण्ड वाल मर्मतमा ध्यन नदिदा अस्पताल बाहिरका स्थानीयबासी त्रसित बनेका छन् ।

Posted by Koshi Online on Sunday, April 26, 2020