birat ribon

धरानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Neuro
धरानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरी, १५ वैशाख । धरानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका–१८ दुर्गाचोकमा मोटरसाइकल दुर्घटना हुँदा धरान–१६ का २४ वर्षीय विशाल तामाङको मृत्यु भएको हो ।

cura insider

आइतबार बेलुका पौने ७ बजेको समयमा को३४प १०३९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रीत भइ दुर्घटना हुँदा मोटरसाईकल चालक तामाङ घाइते भएका थिए ।

गम्भीर घाइते उनलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा राति साँढे ८ बजे तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

jackson ribon