मोरङको तरिगामामा नुन, भुटुनकै अभाव

विराटनगर, १५ वैशाख । मोरङको जहदा गाउँपालिका–७ नम्बर वडामा पर्ने तरिगामा गाउँमा नेपाल टेलिकम र एनसेल दुबैका मोबाइल नेटवर्क टिप्दैन । भारतीय मोबाइल चलाउने नेपालीले नुनतेलको आवश्यकता भारतबाटै पुरा गर्दै आएका थिए ।

भारतको सीमासँगै जोडिएको तरिगामा गाउँका बासिन्दा बन्दाबन्दीको अवधिमा पनि दशगजामा भारततर्फ रहेका पसलहरुबाट किनमेल गर्दै आएका थिए । एक सातादेखि भारतीय सुरक्षाकर्मीले त्यसतर्फ जान निषेध गरेकाले दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको उनीहरुले बताएका छन् ।

तरिगामाका पसले संजयकुमार साहका अनुसार एक साताअघि भारततर्फका एक पुजारी दशगजा वारी नेपालतर्फ आएका थिए । नेपाली सुरक्षाकर्मीले लौरो देखाएर उनलाई भारततर्फ नै फर्काए । उद्घोष दैनिकको अनलाइनमा खबर छ ।

कोरोना कहरका कारण सम्पूर्ण आर्थिक क्षेत्र र क्रियाकलापहरु प्रभावित भएको बेला प्रदेश सरकार चालु आर्थिक वर्षको बजेट खर्चलाई सन्तुलित बनाउने प्रयासमा जुटेको छ ।

आर्थिक वर्षको तेश्रो तथा अन्तिम चौमासिक पूँजीगत बजेट खर्चको हिसावले सबैभन्दा महत्वपूर्ण अवधि हो । तर, यहि बेला विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले लकडाउन गर्नुपर्ने अवस्था सिर्जना गरेपछि पूँजीगत खर्चको आकार बृद्धि गर्न समस्या भएको छ ।

प्रदेश सरकारले अहिलेसम्म करिव ३६ प्रतिशत पूँजीगत बजेट खर्च गरिसकेको छ । फागुन अन्तिमसम्म करिब ३१ प्रतिशत पूँजीगत बजेट खर्च गरेको सरकारको गति कोरोनाका कारण नराम्ररी प्रभावित भएपनि अहिलेसम्मको अवस्था निराशाजनक नरहेको हाम्रोमतसँगको विशेष कुराकानीका क्रममा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताए । हाम्रोमत दैनिकको अनलाइनमा खबर छ

Loading...