birat ribon

कोरोना बिरोधी एक फ्रन्टलाइनर डाक्टरको दैनिकी : आफै खाना पकाउँछ, १२ घण्टा उपचारमा खटिन्छन

Neuro
कोरोना बिरोधी एक फ्रन्टलाइनर डाक्टरको दैनिकी : आफै खाना पकाउँछ, १२ घण्टा उपचारमा खटिन्छन

विराटनगर, १४ बैसाख । देशका कोरोना भाइरस संक्रमितमध्ये ३० जना प्रदेश १ को राजधानी विराटनगरको कोरोना बिशेष अस्पतालमा उपचाररत छन् ।

Padelux insider
cura insider

छोटो समयमा संक्रमितको चाप बढेका कारण सिँगो देशको ध्यान विराटनगरले तानेको छ ।

एक्कासी बिरामी थपिएका कारण विराटनगरको कोशी अस्पतालमा कार्यरत चिकित्सकको दैनिकी पनि फेरिएको छ ।

कोरोना महामारीसँग जुध्न कोशी अस्पतालका फ्रन्टलाइनका सिपाही ‘चिकित्सकहरु’ एकसाता यता विराटनगर १० मा निर्माण भएको कोभिड १९ अस्पतालमा केन्द्रित छन् ।

कोरोना संक्रमित बढेपछि कोशी अस्पतालका सिनियिर फिजिसिन डाक्टर दीपक सिग्देल पनि दैनिक १२ घण्टा खटिइरहेका छन ।

एक सातायता फ्रन्टलाइनका प्रमुख सिपाही डाक्टर सिग्देलको दैनिकी पनि फेरिएको छ ।

कोरोना संक्रमणको जोखिम पनि भएका कारण उनी घरपरिवारबाट टाढा छन् । त्रासलाई अवसरमा बदलेर जतिसक्दो धेरै आफ्नो दैनिकी कोरोनाविरुद्धको अभियानमा केन्द्रित गरेका छन् ।

आफनो क्वार्टरमा एक्लै सेल्फ क्वारेन्टाइनमा बसिरहेका उनी बिहान १० बजे उपचारमा निस्कन्छन । उपचार सकेर फर्कदा रातको ९–१० बझ्छ । “म आफैं खाना पकाएर डिउटीमा निस्कन्छु ।” डाक्टर सिग्देल भन्छन् “लकडाउन अघि परिवारलाई काठमाडौं पठाएँ, अहिले क्वारमा एक्लै छु ।”

डाक्टर सिग्देललेको दैनिकी पहिले पनि सधै धपेडी मै बित्थ्यो । बिहान बेलुका उनी क्लिनिकमा र दिउँसो कोशी अस्पतालमा विरामी हेर्थे ।

आजकल उनको दैनिकी धपेडी अलि जोखिमपुर्ण पनि छ । तर उनी आफनो भन्दा बढी विरामीहरुको चिन्ता गरेर निर्भिकतासाथ खटिइरहेका छन ।

डाक्टर सिग्देलका अनुसार आजकल उनको दैनिकी बिहानको हिँडडुलबाट सुरु हुन्छ । उनी बिहान उठेर एक घण्टा दौडन्छन । नित्यकर्म र केही अध्ययनसकेपछि उनी खाना आफैं पकाउँछन । खाना खाएर १० बजे कोशी अस्पताल पुग्छन । त्यहाँ उनले कोशीको फिबर क्लिनिक, ओपीडी र राउण्ड सबै हेर्छन ।

त्यसपछि १२ बजेतिर रोडशेष चौकमा रहेको कोभिड १९ अस्पताल पुग्छन । त्यहाँको अस्पताल पुगेर उनी बिरामीको अवस्था बुझ्छुन र आवश्यक निर्देशन दिन्छन । त्यसपछि दिउँसोको खाना खान्छन ।खाना खाएर केहीछिन आराम गरेपछि उनी पुन काममा तल्लिन हुन्छन । अस्पतालबाट फर्कदा राती ९देखी १० बजिसकेको हुन्छ ।

कोरोना विरुद्धका फ्रन्टलाइनर सिग्देल भन्छन , ‘आजकल मेरो दैनिक पहिले भन्दा फरक छ ।’

कोभिड अस्पतालको नेतृत्व डाक्टर सिग्देलले नै गरिरहेका छन् । उनको नेतृत्वमा दुई दर्जन स्वास्थ्यकर्मीको टोली परिचालित छ ।

कोभिड अस्पतालको नेतृत्व गरिरहेका उनी फ्रन्ट अफिसबाट रिर्पोट बुझछन र आवश्यक निर्देशन दिन्छन ।

सिग्देल आफै सिनियर फिजिसियन भएकोले विश्वमा माहामारी फैलिरहेको प्राणघातक कोरोना कति धेरै क्रुर छ भन्ने जानकार छन । तर उनले कोरोनाको त्रासलाई आफनो कर्तब्यको अगाडी पन्पिन दिएका छैनन ।

डाक्टरलाई भगवानको दोस्रो रुप मान्ने चलन छ । यसैले विरामीका लागि एउटा असल डाक्टरले जस्तोसुकै चुनौती आइपरेपनि समाना गर्न तयार हुन्छ । त्यो डाक्टरको मानवतासँग जोडिएको कर्तब्य पनि हो ।

डाक्टर सिग्देलले बिरामीको उपचारसँगसँगै कोरोना अस्पतालमा खटिने स्वास्थ्यकर्मीको टोलीको पनि व्यवस्थापन गर्नुपर्छ ।

कोरोना अस्पतालमा खटिएका स्वास्थ्यकर्मी र चिकित्सकमा पनि संक्रमणको जोखिम हुने भएकाले हरेक हप्ता उपचार गर्ने टोली परिवर्तन गर्नुपर्छ ।

एक हप्तासम्म संक्रमितको उपचार जम्मा २६ जनाको टोली खटिन्छ । यसरी खटिएको टोली क्वारेन्टाइनमा बसेपछि नयाँ टोली उपचारमा आउँछ ।

jackson ribon