birat ribon

दर्ता भएन सांसद यादबको अपहरण तथा शरीर बन्धक आरोपको जाहेरी

Neuro
दर्ता भएन  सांसद यादबको अपहरण तथा शरीर  बन्धक आरोपको जाहेरी

काठमाण्डौ , १४ बैसाख । आफुलाई सुनियोजित रुपले अपहरण गरेको आरोप लगाउदै मानव अपहरण तथा शरीर बन्धक आरोमा दुई संघिय सांसद र पुर्वप्रहरी महानिरिक्षक बिरुद्धको किटानी जाहेरी प्रहरीले दर्ता गर्न इन्कार गरेको छ ।

Padelux insider
cura insider

नव गठित जनता समाजबादी पार्टीका सांसद डा सुरेश यादबले काठमाण्डौ प्रहरी परिसरमा आइतबार दिएको किटानी जाहेरी एसएसपी श्याम ज्ञवालीले दर्ता गर्न इन्कार गरेका हुन ।

एसपी ज्ञवालीले घटना महोत्तरीको भएकोले त्यही गएर जाहेरी दिन सांसद यादबलाई सुझाव दिएका छन ।

तर आफुलाई पिडित भनाउने सांसद यादब सहित समाजबादीका नेताहरुले कानुन अनुसार देशभर जहाँ पनि अपराधबारे जाहेरी दर्ता गराउन सकिने र घटना काठमाण्डौसँग पनि जोडिएकोले किटानी जाहेरी दर्ता गर्नुपर्ने आग्रह प्रहरीलाई गरेका थिए ।

तर प्रहरीले घटना बेजिल्लाको भन्दै किटानी जाहेरी दर्ता गर्न इन्कार गरिदिएको जनता समाजबादी पार्टीका नेता विश्वदिप पाण्डेले जानकारी गराएका छन ।

आइतबार जनता समाजबादी पार्टीका शिर्ष नेताहरु डा बाबुराम भट्टाराई , उपेन्द्र यादब , राजेन्द्र महतो , हिसिला यमी , अशोक राई लगायत सांसद यादबसँगै नेकपाका सांसहरु महेश बस्नेत , किसन श्रेष्ठ र पुर्व आइजिपी सर्बेन्द्र खनालले अपरण गरेर सांसद यादबलाई बन्धक बनाएको भन्दै किटानी जाहेरी आइतबार बोकेर काठमाण्डौ प्रहरी परिसर पुगेका थिए ।

जाहेरी दर्ता गर्न इन्कारगरेपछि नेता भट्टराईले सरकारले कानुनी शासनको खिल्ली उडाएको आरोप लगाएका छन ।

उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन , ‘यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने?’


१० बैसाख राती महोत्तरी घर भएका समाजबादी पार्टीका सांसद तथा पुर्व राज्य मन्त्री यादबलाई नेकपाका सांसदहरु महेश बस्नेत , किसान श्रेष्ठ र पुर्व आइजिपी सर्वेन्द्र खनालको समुहले राती काठमाण्डौ ल्याएर म्यारिट होटलमा राखेको थियो । तर सांसद यादब बिहान एकाएक आफनो पार्टीको सम्पर्कमा पुगेका थिए ।

यता आरोपीहरु पुर्वआईजिपी सर्बेन्द्र खनाल र सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठले सांसद यादव सल्लाह अनुसार नै आफुहरुसँग काठडमाण्डौ आएको बताउँदै आएका छन ।

jackson ribon