काठमाण्डौ , १४ बैसाख । नव गठित जनता समाजबादी पार्टीको दल दर्ता प्रकृया रोक्न माग गर्दै आयोगमा उजुरी दर्ता भएको छ ।
१०बैसाख बुधबार राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले एकता गरेर बिहिबार निर्वाचन आयोगमा निबेदन दर्ता गराएको जनता समाजबादी पार्टीको प्रकृया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
नेपाललाई ‘बहु राष्ट्रिय राज्य’ कायम गर्ने उद्देश्य राखेको पार्टीको दल दर्ता प्रकृया रोक्न राष्ट्रिय युवा संघ नेपालका अमित लामा र अधिवक्ता विपिन ढकालले आयोगमा उजुरी दिएका छन ।
दुबै दलको सहमति पत्रमा उल्लेख भएको ‘बहु राष्ट्रिय राज्य’ भन्ने व्यहोरा नेपालको संविधान विपरित भएकोले जनता समाजबादी पार्टीले कानुनी बैधता पाउन नहुने जिकिर उजुरीमा उल्लेख छ ।
बहु राष्ट्रिय भन्नाले छुट्टै देश भन्ने अर्थ झल्कने भएकोले दल दर्ताको प्रकृया रोक्नुपर्ने माग उजुरकर्ताहरुको छ ।
पार्टीले प्रयोग गर्ने भनिएको झण्डा समेत बुर्किमा फासो देशको झण्डासँग मेल खाएकोले त्यसले परराष्ट्र सम्बन्धमा प्रतिकुल असर पार्ने दाबी गरिएको छ ।
संयुक्त राष्ट्रसंघको वडापत्रमा प्रत्येक सदस्य राष्ट्रको सार्वभौमिकतालाई प्रत्येक सदस्य राष्ट्रले मान्यता दिनुपर्ने प्रवधान भएकोले नेपालको सार्वभौमिकता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको रक्षाका लागि दल दर्ता प्रकृया रोक्न माग गरिएको अधिबक्त्ता ढकालले बताए ।