अमेरिकन आइडलको भोटिङ चरणमा दिवेश, भिडियो सेयर गर्दै भोट गर्न गरे अपिल

एजेन्सी, १४ वैशाख । अमेरिकाको सिङ्गीङ रियालीटी शो अमेरिकन आइडलमा उत्कृष्ट प्रस्तुति दिँदै नेपालका दिवेश पोखरेल (‘अर्थर गन’को नामबाट परिचित) भोटिंग चरणमा पुगेसँगै उनले आफ्नो फ्यानहरूलाई भोट अपिल गरेका छन् ।

अमेरिकन आइडलमा विभिन्न चारणहरू पार गर्दै अगाडि बढिरहेका दिवेशलाई अब अगाडि बढ्नको लागि फ्यानको सहयोग आवश्यक पर्ने भएको उनले आफ्नो फेसबुकमार्फत् भिडियो पोस्ट गर्दै भोट अपिल गरेका हुन् ।

उनले आफूलाई यहाँसम्म अघि बढाउन सघाउने सबैलाई धन्यवाद दिँदै भोटिङ आजदेखि २९ अप्रिल तारिखसम्म खुलेको जानकारी दिएका हुन् ।

एक ब्यक्तिले मोबाइल एसएएस पठाएर, अमेरिकन आइडलको मोबाइल एपमार्फत तथा अमेरिकन आइडलको वेबसाइटमार्फत गरी ३ तरिकाले भोट गर्न सकिने छ ।

प्रत्येक तरिकाबाट बढीमा १० भोट गर्न पाइने छ ।

दिवेशका साथै उनका परिवार, साथीभाइहरू नेपाली फ्यानहरुले उनका लागि भोट गर्न अपिल गरिरहेका छन् ।

Loading...