birat ribon

अपहरण गरेर बन्धक बनाएको भन्दै सांसद यादबको प्रहरीमा किटानी जाहेरी

Neuro
अपहरण गरेर बन्धक बनाएको भन्दै  सांसद यादबको प्रहरीमा किटानी जाहेरी


काठमाण्डौ , १४ बैसाख । आफुलाई सुनियोजित रुपले अपहरण गरेको आरोप लगाउदै नव गठित जनता समाजबादी पार्टीका सांसद डा सुरेश यादबले काठमाण्डौ प्रहरी परिसरमा किटानी जाहेरी दिएका छन ।

cura insider

आइतबार जनता समाजबादी पार्टीका शिर्ष नेताहरु डा बाबुराम भट्टाराई , उपेन्द्र यादब , राजेन्द्र महतो , हिसिला यमी , अशोक राई, सरदसिँह भण्डारी , लगायत सांसद यादबसँगै अपरण आरोपको किटानी जाहेरी बोकेर काठमाण्डौ प्रहरी परिसर पुगेका छन ।


सांसद यादवले आफुलाई नेपाल प्रहरीका पुर्व आइजिपी सवेन्द्र खनाल , सांसदहरु महेश बस्नेत , किसान श्रेष्ठ लगायतले महोत्तरीबाट सुनियोति रुपले अपहरण गरेर काठमाण्डौ ल्याएको किटानी जाहेरीमा आरोप लगाएका छन ।

सांसद यादबले आफुलाई अपहरण गर्नेहरु बिरुद्ध मानव अपहरण तथा शरीर बन्धको मुद्दा दर्ता गराउन माग गरेका छन ।

सांसद यादबले दलबल सहित प्रहरी परिसरमा पुगेर किटानी जाहेरी दिएपनि प्रहरीले अनुसन्धान गर्नुपर्ने भन्दै दर्ता गरेको छैन ।

१० बैसाख राती महोत्तरी घर भएका समाजबादी पार्टीका सांसद तथा पुर्व राज्य मन्त्री यादबलाई नेकपाका सांसदहरु महेश बस्नेत , किसान श्रेष्ठ र पुर्व आइजिपी सर्वेन्द्र खनालको समुहले राती काठमाण्डौ ल्याएर म्यारिट होटलमा राखेको थियो । तर सांसद यादब बिहान एकाएक आफनो पार्टीको सम्पर्कमा पुगेका थिए ।


सांसद यादबलाई अपहरण गरको आरोप लगाउदै समाजबादी पार्टी र राष्ट्रिय जनता पार्टीले बुधबार नै मध्यराती एकिकरण गरेर बिहिबार ११ बैसाख विहान जनता समाजबादी पार्टी दर्ता गराउन निर्वाचन आयोगमा निबेदन दिएका थिए ।

उनीहरुले सरकारले ८ बैसाखमा दल बिभाजन गर्ने अध्यादेश ल्याएर समाजबादी पार्टीलाई फुटाउन असन्तुष्ट सांसदहरुलाई प्रलोभन र दबाब दिइएको आरोप लगाएका छन ।


यता महोत्तरीबाट काठमाण्डौ ल्याइएका सांसद यादव पार्टीको सम्पर्कमा पुगेपछि सरकारले उक्त्त अध्यादेश फिर्ता लिएको थियो ।


यता आरोपीहरु पुर्वआईजिपी सर्बेन्द्र खनाल र सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठले सांसद यादव सल्लाह अनुसार नै आफुहरुसँग काठडमाण्डौ आएको बताउँदै आएका छन ।

jackson ribon