birat ribon

बिपीमा कोभिड-१९ अस्पताल सुरु

Neuro
बिपीमा कोभिड-१९ अस्पताल सुरु

विराटनगर, १४ वैशाख । प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड–१९) का संक्रमितका लागि सुनसरीको धरानमा एक सय बेडको अस्पताल सञ्चालनमा ल्याएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कोभिड–१९ अस्पतालको आज मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, प्रदेश सांसदहरू सावित्री जोशी, उमिता वराईली, धरान उपमहानगरपालिकाका प्रमुक तिलक राईलगायतले निरीक्षण गरेका छन् ।

cura insider

अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले कोरोनाको केन्द्रबिन्दु एक नम्बर प्रदेश भएकोले कोरोना भाइरसको उपचार र रोकथामका लागि प्रदेश सरकार गम्भीर भएर लागि रहेको बताए ।

मुख्यमन्त्री राईले कोभिड १९ लाई पराजित गर्न लकडाउनमा पालना गर्नुपर्ने अनुशासनहरू पालना गरेर, सङ्क्रमितहरूलाई उपचारको व्यवस्था गरेर तथा सङ्क्रमण विस्तार हुन नदिएर कोरोना भाइरसलाई पराजित गर्ने बताए ।

कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारको तयारी राम्रो भएकोले आत्तिनु नपर्ने उनले बताए । सामाजिक विकास मन्त्री जीवन घिमिरेले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक हप्तामा १ सय बेडका अस्पताल तयार भएको बताए ।

उनले आवस्यक परेको अवस्थामा बिपीमा थप ५ सय वेड तयारी गरिने बताए ।

उनले कोरोना उपचारका लागि अन्य स्थानमा पनि संभाव्यता अध्ययन भइरहेको बताए ।

अत्याधुनिक सेवा सुविधाका साथ अस्पताल सञ्चालनमा आएको प्रतिष्ठानले जनाएको छ ।

प्रदेश सरकारले यसअघि विराटनगरमा कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र सञ्चालन गरेको थियो । कोभिड अस्पतालमा अहिले ३० जना संक्रमितको उपचार भइरहेको छ ।

कोभिड १९ कोरोना उपचार केन्द्रमा अहिले ५० वेड थप गरिएको छ । सो उपचार केन्द्र अहिले एकसय वेडको भएको छ ।

jackson ribon