बोक्रामा कालो दाग भएको पाकेको केरा खानुका फाइदा

एजेन्सी, १४ वैशाख । तत्काल ऊर्जा प्रदान गर्ने केराले शरीरलाई स्वस्थ राख्न मद्दत पुर्‍याउनुका साथै केही गम्भीर रोगहरूबाट पनि मानिसहरूलाई बचाउन सक्छ ।

पूर्ण रूपमा पाकेको केरा जसको बोक्रामा कालो दागहरू हुन्छ, त्यस्ता केरा स्वास्थ्य रहनका लागि धेरै फाइदाजनक मानिन्छ ।

बोक्रामा कालो दाग भएको पूर्ण रुपमा पाकेको केरा खानुका फाइदा यस्ता छन् जान्नुहोस्-

केरा खान मन परेपनि अधिक पाकेको केरा खान मन पर्दैन भने, तपाईं क्यान्सर जस्तो घातक रोगबाट बच्न सक्नुहुन्न ।

किनभने अधिक पाकेको केराले क्यान्सरसँग लड्न मद्दत गर्दछ । जापानमा गरिएको एक अध्ययनले उक्त तथ्यलाई प्रमाणित गरेको छ ।

पाकेको केरा, जसको बोक्रामा कालो दाग हुन्छ, त्यसमा टिएनएफ भनिने तत्व प्रशस्त मात्रामा पाइन्छ जसले ट्यूमर हुन दिँदैन । यसले शरीरमा क्यान्सर निम्त्याउने कोषसँग लड्न मद्दत पुर्‍याउँछ ।

केरा पाकेसँगै यसमा एन्टीअक्सिडेन्ट तत्वहरूको स्तर पनि बढ्छ । थप रूपमा, यसले शरीरको प्रतीरक्षा प्रणालीलाई सुदृढ पार्दै सेतो रक्त कोषहरूको निर्माणमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ ।
 
यसमा प्राकृतिक चिनी उच्च मात्रा हुन्छ, जुन रगतमा चिनीको स्तर धेरै छिटो बढाउन पनि मद्दत गर्दछ । मधुमेह रोगीहरूले केरा खाँदा भने सावधानी अपनाउनु पर्छ ।

यो पौष्टिक पदार्थले भरिएको छ, किनकी जब केरा पकिसक्छ, त्यसमा पौष्टिक तत्त्वहरूको मात्रा आठ गुणा बढेर जान्छ । पाकेको केराबाट भरपुर पोषण पाउन सकिन्छ ।

पाकेको केरामा पोटासियम, भिटामिन बी, फाइबर, एन्टिआक्सीडन्ट्सहरू प्रशस्त मात्रामा पाइन्छ ।

कम पाकेको केराको तुलनामा पाकेको केराले बढी ऊर्जा दिन्छ । यसबाहेक, केवल एक केरा खाएर घन्टौंसम्म केही नखाई पनि ऊर्जावान रहन सकिन्छ ।

Loading...