एक नम्बर प्रदेश सभाले १० करोड बजेट सरकारलाई फिर्ता पठायो

कोरोना संक्रमण जोखिमले प्रदेश सरकारको खर्चमा प्रत्यक्ष असर

विराटनगर, १४ बैसाख । एक नम्बर प्रदेश सभाले १० करोड रुपिँया बजेट प्रदेश सरकारलाई फिर्ता पठाएको छ ।

कोरोना भाइरस संक्रमणले गर्दा खर्च हुन सक्ने कार्यक्रम कटौती गरेर बिवरण बुझाउन भएको परिपत्र अनुसार प्रदेश सभाले आइतबार९ करोड ९९ लाख १७ हजार रुपिँया प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई फिर्ता पठाएको हो ।

प्रदेश सभाका प्रबक्त्ता राजाराम दहालका दहालका अनुसार लकडाउन र कोरोना भाइरस संक्रमण जोखिमले गर्दा प्रदेश सभाले खर्च गर्न नसक्ने बिभिन्न कार्यक्रमहरु कटौती गरेर १० करोड बरावरको बजेट रकम प्रदेश सरकारलाई समर्पण गराएको जानकारी गराए ।

चालु बर्ष एक नम्बर प्रदेश सभालाई ३४ करोड ३७ लाख ९९ हजार रुपैया बजेट बिनियोजन भएको थियो ।

प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले १५ बैसाख सम्म खर्च नहुने कार्यक्रमहरुको बिवरण बुझाईसक्न मन्त्रालय , बिभाग , कार्यालय र निर्देशनालयहरुलाई परिपत्र गरेको थियो ।

सबैतिरबाट खर्च कटौतीको बिवरण आइसकेपछि प्रदेश सरकारले चालु बर्षको कटौती भएको बजेट कोरोना कोषमा जम्मा गराउने छ ।

कोरोना भाइरस संक्रमण जोखिमले एक नम्बर प्रदेशको सभा ६ चैत २०७६ देखी नै अनिश्चितकालकालागि स्थगित थियो ।

रोकथामकालागि ११ चैतबाट लकडाउन भएपछि ३ बैसाख २०७७ देखी प्रदेश सभाको हिँउदे अधिबेशन औपचारिक रुपमा अन्त भएको थियो ।

Loading...