birat ribon

परालको भारीसहित भीरबाट लड्दा एक जनाको मृत्यु

Neuro
परालको भारीसहित भीरबाट लड्दा एक जनाको मृत्यु

भोजपुर, १४ वैशाख । भोजपुरमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

पौवादुम्मा–४ कात्तिके बस्ने ५४ वर्षीय बलबहादुर कार्कीको शनिबार भीरबाट लडेर मृत्यु भएको हो ।

cura insider

हिजो बेलुका ८ बजे आफ्नै खेतबाट पराल बोकी घरतर्फ आउँदै गरेका कार्की बीच बाटोमा परालको भारी बिसाउने क्रममा एक्कासी भीरबाट लडेका थिए ।

भीरबाट करिब ३५ मिटर तल झरी बझारिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले भोजपुरले जनाएको छ ।

jackson ribon