birat ribon

ब्रिटेन्स गट ट्यालेन्टको अडिसनमा भीमले मच्चाए ‘तहल्का’

Neuro
ब्रिटेन्स गट ट्यालेन्टको अडिसनमा भीमले मच्चाए ‘तहल्का’

एजेन्सी, १४ वैशाख । बेलायतमा बसिरहेका नेपाली गायक भीम निरौला चर्चित टेलिभिजन रियालिटी शो ‘ब्रिटेन्स गट ट्यालेन्ट’ को अडिसनमा सहभागी भएका छन् ।

Padelux insider
cura insider

ब्रिटेन्स गट ट्यालेन्ट’ को अडिसनमा उनले आफ्नो चर्चित गीत ‘सन्डे मार्निङ लभ यू’ गाएका थिए ।

अडिसनमा गीत गाउन सुरु गरेको एकैछिनमा जज साइमन कोवेलले असहमतिको बजर दबाएका थिए ।

तर, अन्य जजहरूले भने रमाइलो मान्दै निरौलालाई साथ दिएका थिए ।

उनलाईसाइमन बाहेकका अन्य जज, सञ्चालक तथा उपस्थित दर्शकहरूले संगै गाउँदै, हात हल्लाउँदै हौसला दिइराखेका थिए ।

प्रस्तुति सकिएपछि प्रतिक्रिया दिने क्रममा जज डेभिडले ब्रिटिस जनताहरूले उनलाई मन पराउने बताएका छन् ।

शोमा दर्शकको रूपमा निरौलाकि श्रीमतीको पनि उपस्थिति रहेको थियो ।

निरौला अडिसनमा सेलेक्ट भएर अर्को चरणको लागि छनोट पनि भएका छन् ।

सात वर्ष अगाडि युट्युबमा अपलोड गरिएको उनको यो गीतलाई अहिले सम्म ६० लाख बढी दर्शकले हेरिसकेका छन् ।

उनले ५ दर्जन बढी गीत गाइसकेका छन् ।

‘ब्रिटेन्स गट ट्यालेन्ट’का बिजेतालाई उपहारस्वरुप २ लाख ५० हजार पाउण्ड र साही परिवारको अगाडि सांगीतिक प्रस्तुति दिने अवसर मिल्ने छ ।

jackson ribon