birat ribon

मृगको मासु र भरुवा बन्दुकसहित दुई पक्राउ

Neuro
मृगको मासु र भरुवा बन्दुकसहित दुई पक्राउ

मेलम्ची, १४ वैशाख । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका मृगको मासु र भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

Padelux insider
cura insider

बाह्रबिसे इलाका प्रहरी कार्यालयले शनिबार समातिएका सोही पालिका-२ का ३९ वर्षीय हीराबहादुर गुरुङ र ३४ वर्षीय टपीन्द्रबहादुर गुरुङलाई घरेलु हतियारसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार जङ्गली जनावर मारेको भनी जानकारी प्राप्त हुनासाथ सो इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट गएको प्रहरी टोलीले पक्राउ गरिएको हो

उनका अनुसार खानतलासी गर्दा टपीन्द्रको भान्साघरमा मृगको मासु पेरुङ्गो र बाटामा राखिएको अवस्थामा फेला पारिएको हो ।

त्यसैगरी गुरुङको घरको पूजाघरमा दुई नाल भरुवा बन्दुकसमेत फेला परेको प्रहरीले जनाएको छ ।

समारिएका उनीहरुलाई रीतपूर्वक पक्राउ गरी आवश्यक अनुसन्धानका लागि इप्रका बाह्रबिसेको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब निरीक्षक काफ्लेले जानकारी दिए । रासस

jackson ribon