मुख्यमन्त्री भन्छन् ‘कोरोना पराजित हुन्छ, लकडाउन पालना गरौं’

उदयपुर, १४ बैशाख । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा देखिएको कोरोना भाइरसको संक्रमण काबुभित्र रहेको बताएका छन् । देशकै सबैभन्दा बढि कोराना प्रभावित क्षेत्र उदयपुरको भुल्केको अनुगमनका लागि शनिबार पुगेका मुख्यमन्त्री राईले कोरोना भाइरसलाई परास्त गरिने बताए ।

कोरोना नियन्त्रण, रोकथाम र उपचारमा उच्च मनोवलका साथ काम गर्न सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्दै मुख्यमन्त्री राईले आवश्यक बजेट र साधनस्रोत उपलब्ध गराईने बताए। उदयपुरमा आइसोलेशनसहितको कोरोना उपचार केन्द्र निर्माण गर्ने जानकारी दिँदै उहाँले त्यसको लागि उपयुक्त ठाउँको खोजी भइरहेको बताए । हाम्रोमत दैनिकको अनलाइनमा खबर छ ।

विश्वव्यापी कोरोना संक्रमणको कारण बैदेशिक रोजगारीमा गएका छोरा आउन नसकेपछि रंगेली–५ आमगाछीमा मृत्यू भएका सूर्यनारायण केवरतकोे किरियापुत्रीमा छोरी बसेकी छन् । ६० वर्षीय केवरत क्यान्सर रोगका कारण बिहीबार बेलुका निधन भएपछि उनको शुक्रबार दाहसंस्कार गरिएको थियो ।

स्वर्गीय केवरतका एक मात्र छोरा मलेसियामा वैदेशिक रोजगारीमा रहेको र विश्वव्यापी कोरोना संक्रमणको कारण हवाई सेवासमेत अवरुद्ध भएर घर आउन सकेनन् । त्यसपछि छोरी लताकुमारी केवरतले बाबुको चितामा दागबत्ती दिनुको साथै किरियापुत्री समेत बसेकी हुन् । उद्घोष दैनिकको अनलाइनमा खबर छ ।

Loading...