birat ribon

डेरामा बस्ने विद्यार्थीलाई विराटनगर महानगरपालिकाले घर पुर्‍याइदिने

Neuro
डेरामा बस्ने विद्यार्थीलाई विराटनगर महानगरपालिकाले घर पुर्‍याइदिने

विराटनगर, १३ बैशाख । विराटनगर महानगरपालिकाले डेरामा बसेका विद्यार्थीलाई घर पुर्‍याइदिने भएको छ ।

लकडाउन लम्बिएका कारण समस्यामा परेका विद्यार्थीहरुलाई महानगरपालिकाले घर–घर पुर्‍याइदिने भएको हो ।

cura insider

विद्यार्थीलाई सोमबारबाट गाडीको व्यवस्था गरेर घरसम्म लगिदिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

‘वडाबाट विद्यार्थीको तथ्याङक संकलन भइरहेको छ ।’ उनले भने ‘ काकाडभिट्टादेखि सिराहासम्मका विद्यार्थीलाई घरसम्म लगिदिन्छौं ।’

मेयर भीम पराजुली ।

पहिलो चरणमा विद्यार्थीलाई घरसम्म लगेपछि भाडामा बस्ने अन्यलाई पनि लगिदिने योजना रहेको मेयर पराजुलीले बताए ।

त्यस्तै विराटनगरमा बसेका पहाडी क्षेत्रका विद्यार्थीले भने तत्काल घर जान पाउनेछैनन् ।

विद्यार्थीलाई घरसम्म पूर्याउन निजी तथा संस्थागत विद्यालय अर्गनाइजेशन प्याब्सन र हिसानले गाडी उपलब्ध गराएका छन । ती गाडी पहाडी क्षेत्रसम्म जान नसक्ने भएकाले बैकल्पिक व्यवस्था गरिने पराजुलीले बताए ।

महानगरले वडा कार्यालय मार्फत भाडामा बस्ने बाहिरका विद्यार्थीहरुको तथ्याङक संकलन गरिरहेको छ । शनिबारसम्म ११ वटा वडाहरुबाट घर फर्कन चाहाने ५ सय ५० जनाको नामावली संकलन भएको छ ।

घर जाने विद्यार्थीको विवरण सम्बन्धित स्थानीय तहलाई दिइनेछ । ‘अरु स्थानीय तहसँग समन्वय गरेर लगिदिन्छौं ।’ उनले भने ‘ बस चढ्नु अघि सबैको स्वास्थ्य जाँच हुन्छ ।’

महानगरपालिकाले अन्य क्षेत्रबाट विराटनगर प्रवेश गर्नेहरुको पनि स्वास्थ्य जाँच गरिरहेको छ ।

jackson ribon