birat ribon

गाउँ–गाउँका बिरामीलाई अस्पताल पुर्याएर निःशुल्क उपचार गर्दै डा.शर्मा

Neuro
गाउँ–गाउँका बिरामीलाई अस्पताल पुर्याएर निःशुल्क उपचार गर्दै डा.शर्मा

मोरङ, १३ बैशाख । नेपाली कांग्रेसका नेता डा.सुनिल शर्मा लकडाउनले समस्या परेका बिरामीको उद्धारमा सक्रिय छन् ।

कांग्रेस महासमिति सदस्य डा.शर्माले बिपन्न बिरामीको घर–घरमा पुगेर उनीहरुलाई अस्पताल लगि निःशुल्क उपचारको व्यवस्था मिलाउदै आएका हुन् ।

cura insider

बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.शर्माले मोरङको क्षेत्र नम्बर ३ का गाउँ–गाउँमा गरिब तथा बिपन्न र उपचार गर्न नसक्ने बिरामीहरुलाई अस्पताल ल्याएर निःशुल्क उपचार गराइरहेका हुन् ।

उनले शनिबार पनि बेलबारी–२ लालभित्तिकी ७२ वर्षीया मृगौला रोगी सोममाया तामाङलाई घरमै पुगेर उद्धार गरी अस्पताल पुर्याएका छन् ।

गत प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसको तर्फबाट मोरङको क्षेत्र नं.३ मा उम्मेद्वारसमेत बनेका डा.शर्माले सो क्षेत्रका गरिब, बिपन्न बिरामीलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था पनि मिलाइदिएका छन् ।

jackson ribon