birat ribon

कोरोना संक्रमितको उपचार र परीक्षणको दायरा बढाइने

Neuro
कोरोना संक्रमितको उपचार र परीक्षणको दायरा बढाइने

विराटनगर, १३ बैशाख । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस विरुद्ध सबै एक भएर लाग्नु पर्ने बताएका छन् ।

शनिबार कोरोना प्रभावित जिल्ला उदयपुर र भोजपुर पुगेर मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

cura insider

कोरोना प्रभावित क्षेत्र पुगेका मुख्यमन्त्री राईले त्रसित नहुनसमेत आग्रह गरे । प्रदेश सरकार साथमा रहेको भन्दै उनले नआत्तिन आग्रह गरे ।

संक्रमितको उपचार र परीक्षणको दायरा बढाउने उनले आश्वासन दिएका छन् ।

मुख्यमन्त्री राईले प्रदेशका दुईवटा कोरोना प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरे ।

राई शनिबार स्वास्थ्य सामग्रीसहित कोरोना संक्रमित फेला परेपछि पूर्ण लकडाउन गरिएका क्षेत्र पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् ।

मुख्यमन्त्रीसँग आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे र नेपाली सेनाको टोली कोरोना प्रभावित क्षेत्रमा पुगेको हो ।

मुख्यमन्त्री राईको टोलीले उदयपुरको भुल्के, भोजपुरको हतुवागढी र उदयपुरको कटारी १ बेलसोतमा रहेको क्वारेन्टाइन स्थलको समेत निरीक्षण गरे ।

मुख्यमन्त्रीको टोलीले उदपयुर र भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिकामा कोरोना परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री समेत प्रदान गरेको छ ।

jackson ribon