झन बढदै फोटो पत्रकारिताको महत्व

बैशाख १३ अर्थात राष्ट्रिय फोटो पत्रकार दिवस ।

गोरखापत्रले वि.सं.१९८४ बैशाख १३ गते पहिलो पटक नेपाली समाचारपत्रको ईतिहासमा फोटो प्रकाशन गरेको थियो ।

चर्खाद्वारा धागे कातिरहेको फोटोमा लामो क्याप्सन ‘आफ्ना कपासका बगैंचामा श्री चन्द्र कामधेनु चर्खाद्वारा धागो कातीरहेकी वर्ष १२ की वीरगंज बस्ने सूर्य मति श्रेष्ठानी’ लेखेर गोरखापत्रले प्रकाशन गरेको दिनलाई सम्झदैं नेपालमा राष्ट्रिय फोटो पत्रकार दिवस मनाउन सुरु गरिएको हो । र , आज बैसाख १३ गते नेपाली फोटो पत्रकारिताको ९३ औं संस्करण हो ।

सजिलो छैन फोटो पत्रकारिता

फोटोग्राफी र पत्रकारिता फरक–फरक विषय भएपनि फोटो पत्रकारिता, पत्रकारिताको एक विशेष रुप हो । पत्रिकामा समाचारलाई शब्दको रुपमा उतारिन्छ भने फोटो पत्रकारितामा तस्बिरलाई समाचारको रुपमा उभ्याइन्छ । भत्रिछ छ , ‘तस्बिर आफैं बोल्छ’ भनेर ।


फोटो पत्रकारहरुले पनि समाचार प्रकाशन र प्रसारणका लागि विषयवस्तु संकलन, सम्पादन र प्रस्तुतिकरणका लागि मिहिनेत गर्छन् । त्यसका लागि पात्र छनोटदेखि लिएर अनेकौं अध्ययन र अनुसन्धान गर्छन् ताकी आफूले खिचेको त्यो एउटा तस्बिरले त्यो समय, पात्र र कालबारे सबै बयान गरोस् ।

फोटो पत्रकारितालाई सामान्तया तस्बिरहरु मात्रै बुझिन्छ तर केहि अवस्थामा ब्रोडकास्टिङ पत्रकारितामा भने यसले भिडियोलाई पनि बुझाउँछ ।

फोटो पत्रकारिता डकुमेन्ट्री फोटोग्राफी, सोसल डकुमेन्ट्री फोटोग्राफी, स्ट्रीट फोटोग्राफी र सेलिबे्रटी फोटोग्राफी भन्दा नितान्त फरक छ किनभने यसले कडा नैतिक परीधिभित्र रहेर काम गर्नुपर्छ । एउटा पत्रकारमा हुनुपर्ने निष्पक्ष र इमान्दारिता उसले कैद गरेको तस्बिरमा झल्किनुपर्छ ।


अहिलेको प्रयोग हेर्ने हो भने फोटो पत्रकारहरुले समाचारहरुका लागि तस्बिरहरु कैद गर्ने गर्छन् जसको मद्दतले समाचारमा उठान गरेको विषयलाई पाठक, श्रोता र दर्शकहरुले सजिलै बुझ्न सक्छन् ।

फोटो पत्रकारहरु आफ्नो वरिपरी घटिरहेको घटनाप्रति राम्ररी जानकार र संवेदनशील रहनुपर्छ । फोटो पत्रकारहरुले केवल तस्बिरमा सूचना मात्र नभई मनोरन्जन पनि प्रस्तुत गर्न सक्नुपर्छ ।

अरु जस्तै फोटो पत्रकार पनि एउटा रिर्पाेटर हो तर फरक यती हो उसले तुरुन्त निर्णय लिन सक्नुपर्छ ताकी कुनै क्षणको महत्वपूर्ण घटना आफ्नो क्यामेराबाट नछुटोस् ।

यसरी भएको थियो फोटो पत्रकारिताको सुरुआत

समाचारको साथमा फोटोहरु पनि प्रकाशन गर्ने अभ्यास १९औं शताब्दिको मध्यतिरबाट सुरु भएको थियो । तर त्यसअघि पनि ईन्ग्रेभिङ्स (काठ वा कडा वस्तुमा आकृति खोपेर चित्र बनाईने प्रविधी) प्रयोग गर्दे समाचारपत्रमा तस्बिरहरु छापिन सुरु गरिएको थियो । सन् १८०६ मा लर्ड हेराटो नेल्सनको अन्त्येष्टिको ईन्ग्रेभिङ्स द टाईम्समा छापिएको थियो ।

समाचारको कथालाई पुष्टि गर्ने पहिलो तस्बिर भने २५ जुन १८४८ मा फ्रान्सको राजधानी पेरिसको सडकमा भएको विद्रोहको बेला भीड रोक्न प्रयोग गरेको ब्यारेकेडहरुको थियो ।

फ्रान्सेली साप्ताहिक पत्रिका एल इलस्ट्रेसनले १८४८ को जुलाई पहिलो साताको संस्करणमा ईन्ग्रेभिङ्स गरिएको ब्यारेकेड सहितको तस्बिर सार्वजनिक गरेको थियो ।

क्राइमियन युद्धको क्रममा रोजर फेन्टनले युद्धका फोटोहरु खिचेर प्रकाशन गरेपछि भने प्रारम्भिक फोटो पत्रकारिताको जन्म भयो ।

फेन्टन युद्धको फोटो खिच्ने पहिलो अफिसियल फोटोग्राफर थिए । उनको काम सेनामा युद्धको प्रभाव, युद्ध भएका स्थानहरुको फोटो र युद्धको बेला भएका कार्य बुझाउने फोटो र कमाण्डरहरुका पोटे«ंट फोटो लिने थियो ।

फेन्टनले खिचेका फोटो र उनले गरेको कार्यहरुले नै आधुनिक फोटो पत्रकारिताको आधार तयार गरेको हो ।

फोटो पत्रकारिताको सुनौलो युग भनेर सन् १९३० देखि १९५०को समयलाई चित्रिछ । सन् १९२५ मा क्यामेरामा प्रयोग गरिने ३५ एमएमको क्म्प्याक्ट कमर्सियल लेन्स निर्माण भएको थियो । त्यस्तै, सन् १९२७ र १९३० को बीचमा पहिलो फ्ल्यास बल्बको आविष्कार भएको थियो जसले पत्रकारहरुलाई फोटो खिच्न धेरै सजिलो बनाईदिएको थियो ।

जर्मनी पत्रिका बर्लिनर इलस्ट्रिट जेटुङले सन् १९०१ ताका नयाँ शैलीको समाचारपत्र प्रकाशन गर्न सुरु ग¥यो । त्यसबेला समाचारको कथा बयान गर्न शब्दभन्दा बढि तस्बिरको प्रयोग गर्न थालियो । बर्लिनर इलस्ट्रिट जेटुङ यस्तो ढाँचामा समाचार प्रकाशन गर्ने पहिलो पत्रिका बन्यो ।

समयक्रमसँगै यसले आफूलाई विकास गर्दै लग्यो र बर्लिनर इलस्ट्रिट जेटुङ आधुनिक समाचार पत्रिकाको प्रोटोटाइपको रुपमा विकसित भयो ।

बर्लिनर इलस्ट्रिट जेटुङले तस्बिरबाट नै कथा भत्र सक्ने पत्रकारहरुको खोजी गर्न थाल्यो । यसैक्रममा खेलकूद पत्रकार मार्टिन मुन्केशी र एरिक सलोमोनको पत्रकारितामा आगमन भयो जसलाई फोटोपत्रकारिताको संस्थापक मात्रिछ ।

नेपालमा फोटो पत्रकारिताको आरम्भ

नेपालमा फोटो पत्रकारिता कहिले सुरु भयो भत्रे आधिकारीक यकिन अहिलेसम्म गरिएको छैन । गोरखापत्रले वि.सं.१९८४ बैशाख १३ गते समाचारसहित फोटो प्रकाशन गरेपछि नेपालमा फोटो पत्रकारिता सुरु भएको विश्वास गरिन्छ । हाल नेपालभरीका विभित्र सञ्चारमाध्यमा सयौं फोटो पत्रकारहरु कार्यरत छन् ।

दैनिक, साप्ताहिक, पाक्षिक र मासिक छापा तथा अनलाईन सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) वि.सं.२०५३ मा स्थापना गरिएको हो । यसले फोटो पत्रकारिताका गतिविधी र विशेषतः फोटो पत्रकारहरुका अधिकार प्राप्ति र संरक्षणको क्षेत्रमा काम गर्ने गर्छ । यसका बाहेक एनएफपीजे नेपालमा दृश्य साक्षरता विकास गर्न प्रयासरत छ ।

फोटोपत्रकारहरुले पनि अन्य पत्रकारहरु जसरी नै मिहिनेत गर्नेभएकाले पारिश्रमिकमा विभेद नहुन पर्ने एनएफपीजेका अध्यक्ष धुव्र आले बताउँछन् । यस्तै, एनएफपीजेका पूर्व अध्यक्ष कविन्द्रमान शाक्यले फोटो पत्रकारितको महत्व बढ्दै गएको बताए । वस्तुगत समाचारको प्रसारणमा फोटो पत्रकारिता अभित्र अंग बत्र थालेको शाक्य बताउँछन् ।

हाल कोरोना महामारीका कारण उत्पत्र भएको समस्याको बिचमा पनि नेपाली फोटो पत्रकारहरु आफ्नो कर्ममा लागिपरेका छन् । पर्याप्त मास्क, स्यानिटाईजर र पञ्जा उपलब्ध नभएपनि आफूले सक्ने स्वास्थ्य सुरक्षा अपनाउँदै समाचारजन्य फोटोहरु खिची रहेको फोटो पत्रकारहरु बताउँछन् ।

अथाह सम्भावना बोकेको फोटो पत्रकारिता नेपालमा पनि विकास भईरहेको छ । यसको लागि राज्य, पत्रकार महासंघले विशेष आवश्यक नीति निर्माण गरिदिए फोटो पत्रकारिताको क्षेत्रको अझै द्रुत विकास हुन सक्नेछ । किनकी नयाँ नयाँ प्रबिधिको जमानमा फोटो पत्रकारिताको महत्व झन झन बढदै गइरहेको छ ।
संकलन ,– शिवहांग राई

Loading...