गाउँमा त्रास फैलाएको भन्दै जनप्रतिनिधिहरु आक्रोशित

विराटनगर , १३ बैसाख । कोरोना भाइरस संक्रमण रोकथामकालागि घोषणा गरेको लकडाउन संघिय सरकारले आफै उल्लंघन गरेर गाउँगाउँमा समस्या थपेको भन्दै जनप्रतिनिधिहरु आक्रोशित बनेका छन ।

जो जहाँ छौ त्यही सुरक्षित बसौ भन्दै ११ चैत २०७६ देखी लकडाउन घोषणा गरेको संघिय सरकारले बिचमा लकडाउन आफैले उल्लंघन गर्दै गाउँगाउँमा शंकास्पद मान्छेहरु पठाउन थालेपछि जनप्रतिनिधिहरु आक्रोशित बनेका हुन ।

लकडाउन पालना गर्न गराउन स्थानिय तह सक्दो लागिपरिरहेको र गाउँलाई कोरोना मुक्त्त घोषणा गराउन अवस्था आइसक्ने बेलामा केन्द्रिय सरकारले थप संक्रमणको जोखिम थपिदिएको गुनासो एक नम्बर प्रदेशका जनप्रतिनिधिहरुले गरेका छ ।

लकडाउन घोषणा गरिसकेपछि संघिय सरकारले काठमाण्डौका मानिशहरुलाई त्यही सुरक्षित राख्नु पर्ने र खानाको समस्या भए बरु स्थानिय तहले आआफना मान्छेलाई सहजै सहयोग गर्न सक्ने अबस्था थियो ।

तर एकातिर लकडाउन भन्दै सबै बजार पसल र आवागन बन्द गराएर सरकारले बिचमा अति नै अपरिपक्व र अदुरदर्शी तरिकाले आफैले लकडाउन उल्लंघन गरेको आरोप जनप्रतिनिधिहरुको छ ।
समन्वय नै नगरि पठाइदैछन नयाँ मानिशहरु

ताप्लेजुङ फुङलिङ नगरपालिका उपप्रमुख बमबहादुर भट्टराई लकडाउनलाई गाउँ गाउँमा जनप्रतिनिधिहरुले गरेको मेहनतलाई सरकार आफैले लकडाउन उल्लंघन गरेर खेर फालिदिएको बताउँछन ।

उनका अनुसार गाउँमा नयाँ मान्छे थपिएपछि समाजिक बहिष्कारको अवस्था सृजना भएको छ । कथंकदाचित नयाँ मान्छेहरुमा संक्रमण देखापरे समाजिक सदभाव नै संकटमा पर्न सक्नेछ ।

उपप्रमुख भट्टराईका अनुसार ताप्लेजुङ जिल्लामा केही दिन याता ७ सय जना नयाँ मानिशहरु भित्रिएका छन । उनिहरुको अझै दुरुस्त रेकर्ड राख्ने र स्वास्थ्य जाँच गराउने काम भैसकेको छैन ।

उनीहरु सबै आआफनै घरमा नाम मात्रको क्वारेन्टाइनमा बसेका छन । नयाँ आएका मानिशहरुमा बिदेशबाट आएकाहरु छन छैनन अझै यकिन हुन सकिरहेको छै ।

सबै मानिशहरु काठमाण्डौमा रहेको सरोकार समाजले कोर्डिनेशन नगरि पठाएको हो । उपप्रमुख भट्टराई भन्छन ,’ कम्तीमा कोर्डिनेशन गरेर पठाइदिएको भएपनि यति धेरै समस्या थपिने थिएन ।’

संघिय सरकारले आफै लकडाउन उल्लंघन गरेर गाउँमा शंका बढायो

ओखलढुंङगा जिल्लाका सबै पालिकाहरुले नयाँ मान्छेहरुलाई भित्रयाए । तर सुनकोशी गाउँपालिकाले अडान लिएर लकडाउनको एक महिनासम्म एक जना पनि नयाँ मान्छे भित्रिएन दिएन ।

नयाँ मानिशहरुलाई गाउँमा ल्याउनु भन्दा उनीहरु जहाँ छन त्यही राखेर सहयोग गर्नु उचित हुन्छ भन्ने सोच पालिकाको थियो । र , त्यसकालागि पालिकाले योजना पनि बनाइरहेको थियो ।

पालिकाका मानिशहरु कोही शहरमा भोकै परेको जानकारी आए यतैबाट सहयोग गर्ने तैयारी भैरहेको थियो । तर सरकारले तेस्रो हप्तादेखी आफैले लकडाउन उल्लंघन गरेर धमाधम शंकास्पद मान्छेहरु गाउँगाउँ पठाउन थालेपछि सुनकोशी गाउँपालिकाले पनि लत्तो छाडेको छ ।

उसले पनि अब लकडाउन पालना नगराउने सोच बनाएको छ । पालिका अध्यक्ष रुद्रप्रसाद अधिकारी भन्छन , ‘संघिय सरकार आफैले लकडाउन उल्लंघन गरेर समस्या पठाइदिइसकेपछि अब हामीले मात्र पालना गरिरहनुपर्छ भन्ने रहेन यसैले हामीले पनि बाहिरका सबै मानिशहरुलाई गाडी नै पठाएर ल्याउदैछौ ।’,

अध्यक्ष अधिकारीका संघिय सरकारले लकडाउन घोषणा गरेपछि उपत्यकामा भएका मानिशहरुलाई खाना खुवाएर वा राहत दिएर त्यहीँ राख्न सक्नुपर्दथ्यो । नसके स्थानिय तहलाई आआफना मान्छेको सुरक्षा गर भनेर निर्देशन गर्नुपथ्र्यो ।

तर लकडाउन अझै कडा पालना गर्ने गराउने उर्दी गरेर सरकारले बिना रेकर्ड , बिना परीक्षण मानिशहरुलाई हुरुरु गाउँमा खेदायो । जसले गर्दा गाउँमा फेरि समस्या थपिएको छ । सदभाव बनाएर बसिरहेका मानिशहरु एकअर्कामा शंका बढाइदिएको छ । संघिय सरकारले हुरुरु मान्छे पठाउन थालेपछि सुनकोशी पालिकाले क्वारेन्टाइमा बसेका ५२ जना मानिशहरु सबैलाई घर पठाइदिएको छ ।

व्यावस्थापन भैसकेको समस्या झन चुनौतीका रुपमा थपियो

उदयपुरको बेलका नगरपालिकामा ५ सय बढी नयाँ मानिशहरु गाउँमा आइसकेका छन । उनीहरु सबै घरघरमै छन । सिमित स्वास्थ्यकर्मीहरु उनीहरुको रेकर्ड लिन र स्वास्थ्य जाँच गर्न घरघर धाइरहेका छन ।

पालिका उपाध्यक्ष राजकुमारी चौधरी संघिय सरकारले लकडाउनलाई जितिसकेको अवस्थामा सरकारले थप समस्या थपेको बताउँछिन ।

उनका अनुसार सरकारले स्वास्थ्य सामग्री समेत दिन नसकिरहेको अवस्थामा नयाँ मान्छेहरुको स्वास्थ्य जाँच र सुरक्षा जोखिमपुर्ण बनेको छ ।

उपप्रमुख चौधरी भन्छिन , ‘समस्याबाट भागेका छैनौ तर व्यवस्थापन भैसकेको समस्या झन चुनैतीका रुपमा थपिएको छ सकेको गर्दैजान्छौ के हुन्छ हेर्दै जाउँ ।’,

स्वास्थ्य सामग्री छैन नयाँ मान्छेहरुको सुरक्षा जाँच कसरी गर्ने ?

भोजपुर जिल्लाको रामप्रसाद गाउँपालिकामा पनि नयाँ मानिशहरु थपिन थालेका छन। जसले पालिकालाई थप टाउको दुखाइ बनेको छ ।

एकतारि संघिय सरकारले न मास्क , नत ज्वरो नाप्ने थर्मल , नत परीक्षण गर्ने किट अन्य स्वास्थ्य सामग्री नै पठाएको छ अर्कोतिर झन झन नयाँ मान्छे थप्ने काम गरिरहेकोले गाउँमा कोरोना संक्रमणको जोखिम बढेको छ ।

गाउँपालिका अध्यक्ष बिजय राईका अनुसार गाउँमा नयाँ मान्छेहरुले शंका बढाइदिएका छन । अध्यक्ष राई भन्छन ,‘ कि सरकारले लकडाउन अगाडी नै सबैलाई पठाइदिनुपर्ने थियो कि जो जहाँ छ त्यहीँ राख्नसक्नुपर्ने थियो तर बिचमा आएर सरकारले गैरजिम्मेवार काम गरेर समस्यामाथि समस्या पो थपिदियो ।’,

सरकारले वेवास्ता गर्दा लकडाउन पालनामा समस्या

कोरोना भाइरस संक्रमण रोकथामकालागि लकडाउन भएको दुई हप्तापछि सरकारले काठमाण्डौमा बस्दै आएकाहरुलाई गाउँ फर्काउने योजना बनायो ।

तर प्रदेश सरकारहरुको बिरोधपछि उक्त्त योजना फिर्ता लियो । तर दैनिक ज्यालामजदुरी गरेर खाने अनि काठमाडौमा बन्द व्यपार गरि डेरा लिएर बस्दै आएकाहरुलाई राहत दिनु त परै जावोस कुनै आश्वासन पनि दिएन ।

यसैले मानिशहरु लकडाउन उल्लंघन गरेर हुरुरु पैदलयात्रामा निस्किए । सरकारले उनीहरुको पनि व्यावस्थापन गर्न सकेन । सर्बत्र आलोचना खेप्यो ।

अनि काठमाण्डौमा बस्दै आएका नेता , मन्त्री र सरोकार समाजका मानिशहरुले धमाधम समुह बनाउदै गाडी रिजर्भ गराएर मानिशहरु घरघर पठाउन थाले ।

यसरी मानिशहरु असुरक्षित रुपले पठाउँदा उनीहर त पपुलर बने तर यता गाउँगाउँमा भने त्रासको अवस्था उत्पन्न भयो ।

एक महिनासम्म शान्त गाउँ एकाएक त्रसित

हुन पनि एक महिना पुग्न लाग्दा सम्म प्रदेश १ मा एक जना पनि कोरोना संक्रमितहरु देखापरेका थिएनन । तर एकहप्ता भित्र उदयपुर , मोरङ , झापा , भोजपुर लगायतका जिल्लामा ३० जना संक्रमितहरु पुगिसकेका छन ।

देशमा सबैभन्दा बढी संक्रमित भएको प्रदेश एक नम्बर नै बनेको छ । यसैले अभाव र दवाब सहेर लकडाउन झेलेका यहाँ गाउँहरु त्रसित हुनथालेका छन ।

मन्त्री भन्छन –‘ गाउँमा त्रास शहरमा सुरक्षा’

प्रदेश १ का अर्थमामिला तथा योजना मन्त्री कोरोना संक्रमणको बेला गाउँ भन्दा शहर नै सुरक्षित रहेकोले जो जहाँ त्यो त्यही बस्नु उचित हुनेबताउँछन । उनले समाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस पोष्ट गर्दै भनेका छन , कोरोनाबाट गाउँ मुक्त्त छ भन्ने भ्रम नपालौ गाउँ त्रासमा छ बरु तुलनात्मक रुपमा काठमाण्डौ उपत्यकाका शहरहरु नै सुरक्षित छन यसैले जो जहाँ छौ त्यही बसौ ।,

Loading...