तामिल फिल्मबाट चलचित्र क्षेत्रमा प्रवेश गर्दै क्रिकेटर हरभजन सिंह

एजेन्सी, १३ वैशाख । भारतीय क्रिकेटर हरभजन सिंहले तामिल फिल्मबाट फिल्ममा डेब्यू गर्ने भएका छन् । ‘फ्रेन्डशिप’ नाम राखिएको फिल्ममा उनले डेब्यू गर्न लागेका हुन् ।

फिल्मको पहिलो लूक हालै सोशल मीडियामा सार्वजनिक गरिएको थियो । तमिल बिग बस ३ मा अभिनय गरेका श्रीलंकाका लोसलिया मारियानासन हरभजन सिंहको जोडीका रुपमा छन् ।

फिल्मको पोस्टर रमेश बालाले आधिकारिक रूपमा ट्विटरमा सार्वजनिक गरेका थिए ।

‘भारतीय चलचित्रमा पहिलो पटक भारतीय क्रिकेटर हरभजन सिंह आगामी फ्रेंडशिप फिल्ममा मुख्य भूमिका खेल्ने छन् । यो “२०२०” अप्रत्याशित हुने उनले ट्वीटमा लेखेका छन् ।

हरभजनले पन्जाबबाट आएको एक इन्जीनियरिंगको विद्यार्थीको भूमिका गर्न लागेका हुन् ।

यस फिल्मलाई जोन पौल राज र श्याम सूर्याले निर्देशन गर्नेछन् । फिल्मलाई हिन्दी, तेलगु र कन्नड भाषामा डब गरिनेछ ।

Loading...