गाउँ फर्कदा जोखिम

कोरोना भाइरस संक्रमण रोकथामका लागि भैरहेको लामो लकडाउनले गर्दा काठमाडौंमा बसिरहेका मानिसहरु लकडाउन उल्लंघन गरेर धमाधम आफनो गाउँघर फर्कन थालेका छन ।

तर लकडाउनमा यसरी गाउँ सुरक्षित छ भन्दै नयाँ नयाँ मान्छेहरु थपिदै जानुले झन संक्रमणको जोखिम बढाइरहेको छ ।

एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आंग्बो लकडाउनमा जो जहाँ छ त्यही बस्दा , घर आउनेहरुले अनिवार्य क्वारेन्टाइनमा बस्दा मात्र जोखिमबाट जोगिन सकिने बताउँछन । समाजिक सञ्जालमा उनी लेख्छन , गाउँघरमा आतंक बढेको छ , तुलनात्मक रुपमा काठमाडौं शहर नै सुरक्षित छ ।

Loading...