राम्रो स्वास्थ्यका लागि खाना खाने समयमा ५ टिप्स

विराटनगर, १३ वैशाख । राम्रो खाना र व्यायाम राम्रो स्वास्थ्य र जीवनको लागि सँधै लाभदायक हुन्छ, तर खाना खाने तरिकाले मानिसको स्वास्थ्यलाई ठूलो हदसम्म असर गर्छ ।

आफ्नो स्वास्थ्य सुधार गर्नका लागि खाना खाने समयमा केही सूत्रहरू थाहा पाउनु आवश्यक हुन्छ । जान्नुहोस् यी पाँच टिप्स:

पहिलो टिप्स भनेको खानालाई राम्रोसँग चपाउनु हो । यो केवल भन्नको लागि मात्र होइन, राम्ररी चपाएर नखाए सीधा स्वास्थ्यलाई असर गर्छ ।

आयुर्वेदमा हाम्रो दाँतको संख्यालाई आधार राखेर प्रत्येक गासलाई ३२ पटकसम्म चबाउनु पर्ने उल्लेख गरिएको छ । त्यसैले खानाई सक्दो चपाएर खानुपर्छ ।

खाना खाँदा पानी पिउनुहुँदैन । खाना खानु आधा घण्टाअघि र खाना खाएपछि पानी पिउँदा खाएको खाना पाचनका लागि र स्वास्थ्यको लागि पनि लाभदायक हुनेछ ।

रातिको खानाको बारेमा सतर्क रहँदा स्वास्थ्य समस्याहरू कम हुने पक्का देखिन्छ ।

धेरैजसो समस्याहरू पेटको कारणले हुन्छन्, र यदि राति अबेर खाना खाँदा पेटले ठीकसँग पचाउन सक्दैन, जसले थुप्रै स्वास्थ्य समस्याहरू निम्त्याउँछ । सुत्ने समयमा कम्तिमा दुई घण्टा पहिले खाना खाने कोसिस गर्नुपर्छ र राती जहिले हल्का प्रकारको खाना खानुहोस् ।

खाना खाएको लगत्तै आइसक्रिम, चिसो पानी आदि सेवन गर्नु हुँदैन अन्यथा यसले पाचनमा समस्या पैदा गरेर कब्जियत निम्त्याउन सक्छ । चिसो कुराले पाचन आगोको अन्त्य गरी स्वास्थ्यमा नकरात्मक प्रभाव पार्छ ।

खानाको साथ कहिल्यै पनि फलफूल खानु हुँदैन, यसले पाचन प्रणालीको प्रक्रियालाई बिगार्दछ र त्यसपछि पाचन र पेटसँग सम्बन्धित समस्या सुरु हुन्छ ।

खाना खानुभन्दा आधा घण्टा वा एक घण्टा पहिले नै फलफूलको सेवन गर्नुपर्छ ।

Loading...