birat ribon

संक्रमण देखिएपछि दमकको उत्तरी क्षेत्र सिल, चार सय जनाको कोरोना परीक्षण गरिँदै

Neuro
संक्रमण देखिएपछि   दमकको उत्तरी क्षेत्र सिल, चार सय जनाको कोरोना परीक्षण गरिँदै

विराटनगर, १३ वैशाख । ६३ वर्षीय वृद्धमा कोरोना संक्रमण देखिएपछि झापाको दमक नगरपालिकाको उत्तरी क्षेत्र सिल गरिएको छ ।

दमक नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्रहरीलगायतको शुक्रबार राति बसेको आकस्मिक बैठकले संक्रमण देखिएको आसपासको क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

cura insider

संक्रमित पुरुष दमक ३ निवासी हुन् । उनका छोरा ४ चैतमा दुबईबाट नेपाल फर्किएका थिए ।

आरडिटी गर्दा विदेशबाट फर्किएका युवक, उनको आमा र बुबालाई कोरोना पोजेटिभ देखिएको थियो । तर पीसीआर परीक्षण गर्दा ६३ वर्षीयलाई मात्र कोरोना पोजिटिभ देखिएको थियो ।

वडा नम्बर ३ का स्थानीयवासीमा कोरोना संक्रमण परीक्षणलाई तीव्र पार्नुका लागि निश्चित क्षेत्र तोकेर सिल गरेको नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन् ।

नगरपालिकाले उत्तरमा मावा पुलदेखि बेलडाँगी १ सम्म, दक्षिणमा कृष्ण मन्दिर राजमार्गसम्म, पूर्वमा हिमालय माविदेखि बेलडाँगी १ सम्म र पश्चिममा मावा खोलासम्मको क्षेत्रमा आवतजावतलगायत सम्पूर्ण गतिविधि पूर्णरुपमा निषेध गरिएको छ ।

सो क्षेत्रका ४ सय बढीको स्वाब परीक्षण गर्ने तयारी भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका उपप्रमुख जीवन चौलागाईंले जानकारी दिए ।

शुक्रबार बिहानदेखि नै भुटानी शिविरमा आवतजावत पूर्णरुपमा निषेध गरिएको बताइएको छ ।

jackson ribon