आमा (कविता)

शारदा कार्की

आमा हुन् जननी बिराट मनकी आमा उनै स्नेहकी।
आमा जीवन दात्री हुन् जगतकी हुन् देहकी सारथी ।
आमानै सम भावकी रसिक हुन् श्रद्धार सत् प्यार छ।
आमा ज्ञान सुधा रसा सुर दिने न्यूरी नमस्कार छ।

आफू कष्ट सहेर सन्तति महाँ बात्सल्य दर्शाउने ।
आफैं भोक रही चुसाइ स्तनयो सन्तान हुर्काउने ।
बढ्दो आदर प्यार मातृ ममता बाँडेर फुर्क्याउने ।
विद्या बुद्धि विवेक ज्ञान रसमा चातुर्य बर्साउने ।

रोए हुन् कि भनेर झट्ट घरमा आएर फुल्याउने।
जस्तै काम भए छुटाइ उनले मिष्टान्न तुल्याउने ।
गर्मी शीत दुबै बचाउनु परे जो मौसमै पर्दछ।
माता काख हुँदा कमी कतिनभै आशानले टर्दछ।

विद्या ज्ञान सदा समादर दिने भण्डार हुन् ज्ञाानकी।
गर्ने खर्च विवेक ओजष मही विज्ञानमा माधुरी।
फिर्लाकत्ति नमानी नै थकथकी सन्तानका खातिर ।
आमाका दिलमा बराबर हुने छर्ने ठूलो आशिष ।

माता हुन् ममता महेष जननी भूस्वर्गकी राज हुन्
उस्तै ओत पिता महर्षि पुरुझैं साक्षात आकार हुन्
मातातीर्थ पिताजी धाम दुबई यी जीवका देव हुन्
आशीर्वाद लिनेछ नै मनुजले यी देवका देव हुन् ।

Loading...