birat ribon

घरघरमै रमजानको नमाज

Neuro
घरघरमै रमजानको नमाज

महोत्तरी, १३ बैशाख । कोरोना भाइरस महामारी त्रासका कारण शनिबार शुरु भएको रमजाममा इस्लाम धर्मावलम्बीले घरघरै नमाज (प्रार्थना) अदा (समर्पण) गर्दैछन् ।

cura insider

हिजरी संवत्को रमजान महिनामा दिनभरि रोजा (उपवास) बसेर मस्जिदमा गरिने नमाज यसपालि महोत्तरीका इस्लाम धर्मावलम्बीले कोभिड–१९ को महामारी रोकथामका लागि घरघरै गर्न नमाज पढेका हुन ।

संसारभरि कोरोना सन्त्रास छाएका बेला पवित्र रमदान महिना शुरु भएको हुँदा ‘‘घरघरै नमाज गरिने निर्णय गरिएको यहाँका इस्लाम धर्मावलम्बीको भनाइ छ ।

“रमदानमा मस्जिदमा सामूहिक नमाज अदा गर्ने परम्परा त हो”, जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका ८० वर्षीय हाजी बिहारी अन्सारीले भने ‘यसपालि कोरोना सन्त्रास छल्न सरकारले लकडाउन घोषणा गरेको हुँदा त्यसको परिपालना गर्दै घरमै सबै विधि पूरा गर्ने निधो गरेका हौँ ।”

इस्लाम परम्परामा रमदान महिना शुरु भएपछि दिनभरि अन्नजल केही नखाइ उपवास बस्ने र ब्रह्मचर्यमा रहने धार्मिक परम्परा छ । रासस

jackson ribon