birat ribon

खोटाङमा परिक्षण गरिएका सबैको रिपोर्ट ‘नेगेटिभ’

Neuro
खोटाङमा परिक्षण गरिएका सबैको रिपोर्ट ‘नेगेटिभ’

खोटाङ, १३ बैशाख । खोटाङमा विदेशबाट घर फर्किएका १६ जनाको थ्रोट स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।

११५ स्थानीय बासिन्दाको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) र १५ व्यक्तिको थ्रोट स्वाब संकलन गरी गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

cura insider

चैतयता विभिन्न देशबाट घर फर्किएका १० वटै स्थानीय तहका ११५ व्यक्ति आरडिटी तथा १५ व्यक्तिमा पिसीआर परीक्षण गरिएको थियो ।

कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको यकिन गर्न ¥यापिड डायग्नोष्टिक टेष्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले बताए ।

प्रदेश सरकारले पठाएको किट अपुग भएकाले थप माग गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा स्वास्थ्य सामग्री भने पर्याप्त आइसकेको जनाइएको छ ।

जिल्लाका दश वटै स्थानीय तहमा गरी ३०४ श्ययाको क्वारेन्टाइन र १३ श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ ।

हरेक स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिए पनि निर्माण गरिएका क्वारेन्टाइन बस्नेको सङ्ख्या ८७ जना मात्र रहेको छ । रासस

jackson ribon