birat ribon

लकडाउनमा प्रहरी : दैनिक १८ घण्टा डिउटी, विदा नपाउने

Neuro
लकडाउनमा प्रहरी : दैनिक १८ घण्टा डिउटी, विदा नपाउने

विराटनगर, १२ बैशाख । कोरोना भाइरसको महामारी नियन्त्रणका आह्वान गरेको लकडाउनका कारण प्रहरीको व्यस्तता बढेको छ ।

सम्भावित जोखिम नियन्त्रणका लागि २४ सै घण्टा डिउटीमा खटिएका छन । लकडाउन उल्लङ्घन गर्नेलाई सम्झाउने देखि सम्भावित अपराधिक घटना नियन्त्रणका लागि चनाखाे हुनुपर्ने प्रहरी अधिकृत बताउँछन ।

cura insider

महामारी त्रासमा सिमित सुरक्षा सामाग्रीको भरमा १८ घण्टा डिउटी गरिरहेका छन । ‘लकडाउनमा एकजना प्रहरीले १८ घण्टा डिउटी गर्नुपर्छ ।’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राई भन्छन् ‘सामान्य अवस्थामा एकजनाको गर्ने डिउटी समय १२ घण्टा हो ।’

महामारी त्रासका कारण प्रहरीले आराम गर्न समेत नपाउने अवस्था रहेको उनले बताए ।

उनका अनुसार मोरङमा १ एक हजार २ सय जनशक्ती लकडाउन कार्यान्वयन गर्न खटिएका छन । ‘गाउँ र सहरमा डिउटीको लोड बढेको छ ।’ उनले भने ‘ विहानदेखि रातिसम्म एउटा प्रहरी खटिनु पर्छ ।’

लकडाउनका कारण प्रहरीलाई दिइने विदा पनि कटौंती गरिएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुमनकुमार तिम्सिनाका अनुसार सुत्केरी र किरिया विदा बाहेक अन्य विदा कटौंती गरेको हो ।

प्रदेशको जनशक्तीलाई आधार मान्दा एक जना प्रहरीले दैनिक सरदर १६ घण्टा भन्दा बढी काम गर्नुपरेको उनले बताए ।

लकडाउनमा प्रदेशका १४ जिल्लामा ८ हजार ४ सय बढी प्रहरी जनशक्ती खटिएको छ । भारतसँगको सीमा क्षेत्रमा एकहजार एकसय बढी खटिएका छन । ‘नाकामा त २४ सै घण्टा डिउटी हुन्छ ।’ उनी भन्छन् ‘लकडाउनले प्रहरीको व्यस्तता बढेको छ ।’

कोरोना महामारी विरुद्धकाे फ्रन्टलाइमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी छन ।

कोरोना महामारीसँग जुध्न १ नम्बर प्रदेशमा ६ हजार ३ सयबढी स्वास्थ्यकर्मी परिचालित छन ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुसार यो संख्या डाक्टरदेखि अहेबसम्मको हो ।

सबै क्षेत्रका स्वास्थ्यकर्मी प्रहरी र ग्रामिण सहयाेगी कार्यकर्ता पनि काेराेना विरुद्धकाे अभियानमा लागेकाे उनले बताए ।

कोरोनाका कारण ज्यान गुमाए ५० लाख

एक नम्बर प्रदेश कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्नलाई उत्साह प्रदान गर्न कोरोना संक्रमणबाट मृत्यु भए परिवारलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेकाे छ ।

कोरोनाको उपचारमा खटिने चिकित्सक, सरकारी वा गैर सरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, निजामती कर्मचारी वा अन्य कुनै पदाधिकारीको कोरोना संक्रमणाका कारण मृत्यु भएमा प्रदेश सरकारले मृतकका परिवारलाई ५० लाख राहत दिने निर्णय गरेकाे हाे ।

jackson ribon